खाँडाचक्र २ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण 

कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं.२ का ७५ जना बृद्धबृद्धाहरुलाई चिसो बाट बच्न न्यानो कपडा वितरण गरिएको छ । वडा नं. २ का जेष्ठ नागरिक पर्व पाण्डेको अध्यक्षता तथा खाँडाचक्र नगरपालिका वडा नं. २ का वडा अध्यक्ष विर्खसिंह विकको प्रमुख आथित्यतामा भएको कार्यक्रममा वडा नं. २ का ७५ जना जेष्ठ नागरिकलाई चिसोबाट बचाउन न्यानो कपडा वितरण गरिएको हो । वडा नं. २ को आर्थिक वर्ष २०७६।०७७ मा विनियोजित रकमबाट जेष्ठ नागरिकलाई कपडा वितरण गरिएको र आगामी दिनमा यस्तै खाले कार्यक्रमहरु लागु गरी जेष्ठ नागरिक,वालवालिका,एकक महिला तथा युवालाई रोजगार जन्य कार्यक्रमहरु ल्याउन पहल गर्ने वडा अध्यक्ष विर्ख्सिंह विकले बताए । न्यानो कपडा पाउदा खाँडाचक्र २ का कुम्मलाल जैसीले स्थानिय सरकार आएको महशुस भएको बताए । पहिला गाउँ विकास समिति हुँदा कुनै पनी गाविसले जेष्ठनागरिकका लागि कार्यक्रमहरु नल्याउने र बृद्धभत्तामा समेत ठगी हुन्थ्यो । अहिले स्थानिय सरकार आउदा धेरै कुराको सहज भएको बताएका छन् । कुम्मलाल जैसी मात्र हैनन् वडा नं. २ का सम्पुर्ण जेष्ठ नागरिकहरु हर्षित भएका छन् । कालीकोटका अन्य स्थानियतहरुले विकासिय योजनाका नाममा समुदायको हितका लागि कार्यक्रमहरु संचालन नगरेको बेला खाँडाचक्र २ ले भने नयाँ कामको थालनी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *