अधिकारका लागि शिक्षक, अभिभावक र विद्यार्थीविच अन्तरक्रिया

शिक्षाको अधिकार प्रप्तिकालागि शिक्षक अभिभावक र विद्यार्थीले आफ्नो कर्तव्य पुरा गनु पर्ने यहाँ आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएको छन् । इन्सेक कालिकोटको आयोजनामा शुभकालिका गाउँपालिकामा पुस २३ गते आयोजित शिक्षाको अधिकारकालागि शिक्षक, अभिभावक र विद्यार्थीविच अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले शिक्षका अधिकार प्राप्त गर्न स्थानीय सरकारसँग शिक्षक,अभिभावक विद्यार्थिहरुले संयाुक्त माग दावी गर्नु पर्नेमा जोड दिनुभयो ।

इन्सेक जिल्ला प्रतिनिधि कालीवहादुर मल्लको अध्यक्षतामा जिल्ला सहजकर्ता रमेश सुनारले सञ्चालन गुर्नभएको कायक्रममा महादेव माध्यमिक विद्यालय राराकाटिया व्यवस्थापन समिति अध्यक्ष प्रदिप चौलागाँइले विद्यालयमा,खानेपानी,सौचलयर फर्निचरको अभाव रहेकाले सम्वन्धित निकायले ध्यन दिनुपर्ने वताउनु भयो । यस्तै स्थानीय अभिभावक ददिराम चौलागाँइले शिक्षा क्षेत्रको विकासका लागि अभिभावक,विद्यार्थी र शिक्षकहरुले आ–आफ्नो कर्तव्य पुरा गर्नु पर्नेमा जोडदिनु भयो ।

यस्तै चन्द्रसूर्य मावि हाउडी स्थित बालअधिकार चेतना समुहका अध्यक्ष अस्मीता शाहीले संविधानले निशुल्क शिक्षा भनेर मौलिक हकमै व्यवस्था गरेको भए पनि अहिलेसम्म शिक्षा ऐन नबन्दा समस्या भएको बताउनु भयो । साथै उहाले विद्यालयमा सेनिटरी प्याडको अभाव हुदा समस्या उत्पन्न भएको बताउनु भयो ।यस्तै शुभकालिका गाउँपालिका मानवअधिकार समुहका सचिव राधीका शाहीले शिक्षा क्षेत्रमा धेरै समस्या रहेको र अधिकांस विद्यालयमा खानेपानीको समस्या रहेकाले समाधनको माग राख्दै गाउँपालिकामा माग दावि वुझाउने वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *