शनिबार भन्दै कार्यालय भित्र जुवातास

कालीकोट । शनिबारको दिन रमाइलो गर्न पर्ने भन्दै मालपोत कार्यालय र नापी कार्यालय हाता भित्र कर्मचारीहरु जुवातासमा रमाइरहेका छन् । जिल्ला मालपोत कार्यालय कालिकोट र नापि कार्यालयको हाताभित्रै सोही कार्यालयकै कर्मचारिहरुले दिनदाहाडै जुवा खेल्दै गरेको भेटिएको छ । मालपोत कार्यालयका कर्मचारि भक्त बहादुर शाहि, नापि कार्यालयका कर्मचारि रंग बहादुर वुढा र मालपोत कार्यालयकै अर्का कम्प्युटर अपरेटर विरेन्द बहादुर शाही लगायतका सरकारी कर्मचारिहरुको समुहले कार्यालयकै हाताभित्र जुवा खेलेका हुन ।

   जुवा खेलिरहेका कर्मचारिहरुले मनोरञ्जनका लागि खेलेको भनेपनि उनिहरुले पैसामा खेलेको फोटोमा देखिन्छ । उनिहरुले यस भन्दा अगाडिका दिनहरुमा पनि यसरि कार्यालयको हाताभित्रै खेल्दै गरेको स्थानियले सुचना दिएपछि पत्रकारको टोलिले घुम्न जाने भन्दै छड्के जाँदा रंगे हाता जुवा खेल्दै गरेको देखेपछि कार्यालय हाताभित्रै पसेर फोटो खिचेका हुन । यसरि दिनदाहाडै कार्यालयको हाताभित्रै कर्मचारि जस्तो मान्छेले जुवा खेल्नु हुँदैन भन्दा उनिहरुले विदाको दिनमा खेल्न पाउनु के गलत हो । जे गरे गर्नु होस् भनि पत्रकारलाई जवाफ दिएका दिएका हुन । उनिहरुले एक सयको दाउमा खुल्ला फलास खेलिरहेको देखिएको छ । तर, खेलाडिहरुको अगाडि थुपै पैसाको खात रहेको देखिन्छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारि कृष्नचन्द्र पौड्यललाई विदाको दिनमा सरकारि कार्यालयकै हातामा पैसा राखेर जुवा खेल्न मिल्छ भनि प्रश्न गर्दा, उनले विदाको दिनमा भएपनि कार्यालय हाताभित्र जुवा खेल्न मिल्दैन , यदि खेलेकै हुन भने हामि कारवाहि गछौ , उनले भने मनोरञ्जनको लागि खेलेपनि कार्यालयको परिसरमा यसरि पैसानै राखेर जुवा खेल्न मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *