छाउगोठ भत्काउन प्रहरीको अभियान

कालीकोट । छाउपडी प्रथा अन्त्य गर्न विभिन्न सघ संस्थाहरु लागि परेपनी कालीकोटको नरहरीनाथ गाउँपालिकामा छाउपडी प्रथा न्युनिकरण गर्न नसकिएको रहस्य बाहिरीय पछी जिल्ला प्रहरी कार्यालय कालीकोटको एक टोलीले छाउगोठ भत्काउदै आएको छ । विहिबार देखी छाउगोठ भत्काउने अभियान शूरु गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्याम बाबु ओलियाले जानकारी दिए । प्रहरी प्रमुख ओलियाका अनुसार महिलाहरु रजस्वला हुँदा बेला बेला प्रयोगमा आउने गोठहरु स्थानिय तहका जनप्रतिनिधी,भद्र भलात्मी,स्थानिय बासी लगाएतको उपस्थित र सक्रियतामा भत्ताइएको जानकारी दिए ।

साथै ओलियाले महिलाहरु माथि हुने विभिन्न किसीमका दुव्यवहार र हिंसाजन्य घटनाबाट बचाउन र महिलाहरुको स्वास्थ्य तथा शारिरीक अवस्थालाई मध्यनजर गदै छाउगोठ भत्काएको बताए । विहिबारदेखी शुरु गरिएको अभियानमा १५ वटा छाउगोठ प्रहरी चौकी लालु ,इलाका प्रहरी चौकी कुमालगाउँ र जिल्ला स्तरिय प्रहरी टोलीले भत्काएको छ । छाउगोठ भत्काउदा छाउगोठमा बस्दै आएका महिलाहरु धेरै हर्षित भएका छन् । नरहरीनाथ गाउँपालिका वडा नं. ३ कि चन्द्रा सुनारले भनिन पहिला छाउगोठमा वस्दा धेरै रोगहरुले सक्रमण गरे,आफ्नो स्वास्थ्य कमजोर हुदै गयो । तर अहिले छाउगोठ नै भत्काएपछी हामीलाई छाउगोठ प्यारो लाग्न छाडेको छ । छाउगोड भत्कीनु भनेको हामीले नयाँ जिन्दगी पाउनु हो । यस्तै नरहरीनाथ गाउँपालिका निबासी धुव्रा बुढाले छाउ हुनु भन्दा पहिलै छाउगोठ कुरेर बस्ने दिन गए अव सरसफाई गरेर घरमै बस्ने हो ,पोशिला खानेकुरा कुरा खाने बताउदै छाउगोठ भत्कीदा हर्षित भएको बताएकी छन् ।

नरहरीनाथ गाउँपालिकाका भित्र बसोबास गर्ने ३९१० घरधुरी नै छाउगोठ मुक्त भइसकेका छन् । गाउँपालिका अध्यक्ष धिर बहादुर विष्टले भने सिंगो गाउँपालिका भित्र रहेका छाउगोठ अन्त्य गर्ने र महिलाहरु रजस्वला हुँदा स्वास्थ्यमा हेरचाह गर्ने जस्ता कार्यक्रमहरु पालिकाले निरन्तर ल्याइरहने बताएका छन् । साथै विष्टले १५ वटा मात्र छाउगोठ हैनन् यस पालिका भित्र लुकेर रहेका अन्य छाउगोठहरु खोजि खोजि नष्ट गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *