खोप, पोषण , परिवार नियोजन र सुरक्षित मातृत्व सम्बन्धि सडक नाटक पाँखामा

खोप, पोषण , परिवार नियोजन र सुरक्षित मातृत्व सम्बन्धि सडक नाटक प्रदशन तथा प्रसुती प्रोत्साहन कार्यक्रम खाडाचक्र नगरपालिका ९ मा उद्घाटन गरियको छ । खाडाचक्र नगरपालिका भित्र रहेका वडा नं १ देखि ११ सम्मका वडाहरूमा प्रसुती प्रोत्साहन कार्यक्रम हुने खाडाचक्र नगरपालिका का स्वास्थ्य संयोजक रबिन्द्र सेजुवालले बताउनु भयो । नगर प्रमुख जसि प्रसाद पाण्डेको प्रमुख आथित्यता,वडा नं का वडा अध्यक्ष गोविन्द बहादुर मल्लको अध्यक्षता तथा नेकपा खाडाचक्र नगर कमिटि अध्यक्ष तुलराज मल्ल र खाडाचक्र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्क प्रसाद उपाध्यायको विशेष आथित्यतामा कार्यक्रम भयको हो ।

चार पटक सुत्केरी जाँच गर्ने र तीन चोटी स्वास्थ्य संस्था र अस्पातालमा गई प्रसुती जाँच गर्ने महिलाहरूलाई प्रोत्साहन स्वरूप धोति र अन्डा बितरण गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्क प्रसाद उपाध्यायले जानकारी दिनुभयो । नगर प्रमुख जसि प्रसाद पाण्डेले सिंगो नगरपालिका भित्र बसोवास गर्ने गर्भवती महिलाहरूलाई सधैका बर्षभरि प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गर्ने बताउनुभयको छ ।

कार्यक्रम को समापन गर्दै सभाअध्यक्ष गोविन्द बहादुर मल्लले यसभित्र रहेका गर्भवती महिलाको स्वास्थ्य सुभार गर्नका लागि विभिन्न किसिमका कार्यक्रमको लागि पहल गर्ने बताउनुभयो । कार्यक्रममा जानकारी मुलक सडक नाटक समेत प्रदशन गरियको थियो । सडक नाटकमा जिल्ला स्तरिय कलाकारको प्रस्तुति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *