जिल्लामा जातिय बिभेदको अवस्था अझै चिन्ताजनक

कालिकोटका पत्रकार तथा अधिकारकर्मीहरुले जिल्लामा जातिय बिभेदको अवस्था चिन्ताजनक रहेको बताएका छन् । मंगलबार साझा आवाज परियोजनाले जिल्लाका पत्रकार तथा अधिकारकर्मीहरुसँग गरेको अन्तरक्रियामा सहभागी पत्रकार तथा अधिकारीकर्मीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा उनीहरुले जातकै आधारमा हुने बिभेद न्यूनिकरणका लागि सबै सरोकारवालाहरुको एक्यबद्धताको खाँचो रहेको औल्याएका थिए । कार्यक्रममा नेपाल बार इकाई कालिकोटका अध्यक्ष दमनराज बम, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य बिष्णु न्यौपाने, साझा आवाज परियोजनाका जिल्ला संयोजक चित्र बिश्वकर्मा, पर्यटन पत्रकार संघका अध्यक्ष प्रेम सिम्खाडा, अधिकारकर्मीहरु लिला न्यौपाने, तुलसी नेपाली, कृष्ण तिरुवा, नयाँ बिक लगायत जिल्लाका बिभिन्न संचारमाध्याममा कार्यरत पत्रकारहरु लगायतको सहभागीतामा जिल्लामा जातिय छुवाछुतको अवस्था, जातिय बिभेदका बिषयमा संचार माध्याममा समेटीले बिषय बस्तुका बिषयमा छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *