अँध्यारो मुक्त गाउपालीका बनाउदै अध्यक्ष बिष्ट

कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाका स्थानियहरुले अनुदानमा सोलार पाउँदा हर्षित देखिएका छन् । नरहरीनाथ गाउँपालिकाका स्थानियवासीहरु अँध्यारोबाट मुक्ती पाउँने भन्दै पालिका र सहयोगी संस्थालाई धन्यवाद दिएका छन् । जलविद्युत् अपुगका कारण अँध्यारोमा बस्दै आएका नरहरीनाथ गाउँपालिकाका करिव ३९१० घरधुरीमा ५५ वाट सोलार अनुदानमा वितरण भएपछी पालिका भित्र बसोवास गर्ने २४ हजार १ सय ८५ जना स्थानिय उज्यालोमा बस्न पाउने भएका छन् ।

नरहरीनाथ गाउँपालिकाले प्रत्येक घरलाई १ हजार सहयोग गरेको छ । यस्तै सोलार होम्स नेपालको सहजिकरण तथा स्थानियको थोरै लगानीमा सोलार वितरण गरिएको हो । सोलार होम्स नेपालका सञ्चालक राम बहादुर बटालले नरहरीनाथ गाउँपालिकामा जलविद्युतको कमीभएकाले वैकल्पीक उर्जाको रुपमा ५५ वाटको सोलार पालिकाको पहलमा अनुदानमा वितरण गरेको बताए ।

नरहरीनाथ गाउँपालिका– ८ वस्ने अमसरा विश्वकर्माले हर्षित हुदै भनिन्, ‘पहिला बालवालिकाको पढाई अधुरो हुन्थ्यो, जंगलमा पाउँने झरो बालेर पढ्ने दिन गए ।’ उनले अब आपm र आफ्नो परिवारमा झरो बाल्नु पर्ने दिन गएको बताइन् । यस्तै वडा नं। ७ का मंगल विष्टले पनि पालिकाले अति नै राम्रो काम गरेको र अँध्यारो समाजलाई उज्यालोमा ल्याउन खेलेको अहम भूमिकालाई धन्यवाद दिए । साथै, उनले अवब सिंगोपालिका नै झिलीमिली हुने बताए ।

नरहरीनाथ गाउँपालिका अध्यक्ष धिर बहादुर विष्टले दुइ वर्षको मेहेनत पछि स्थानियलाइ अनुदानमा सोलार वितरण गर्न पाउँदा अति नै खुसी भएको बताए । साथै विष्टले पालिकाको हितका लागि खानेपानी, शिक्षा, विद्युत्, स्वास्थ्य, सडक, सिँचाईलगाएतका भौतिक पूर्वाधारमा पालिकाले झन् तिव्र गति लिने बताउँदै जनाताको हितको लागि र दिगो टिकाउका विकास निर्माणका काम गर्ने बताए । नरहरीनाथ गाउँपालिका भित्र बसोवास गर्ने सबै स्थानियवासीहरुले सोलार अनुदानमा पाउँदा आफ्ना दुखका दिन गएको बताए । www.souryaonline.comसाभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *