हुरून्डेक नेपालको सहजीकरणमा संचालित सिचाईकुलोको पचालझरना गाउपालिका ४ मा संयुक्त अनुगमन,

     पचालझरना गाउपालिका वडा नं संचालित साल्ते मर्म सिचाइ कुलो निर्माणको अनुगमन गरियको छ । विश्व खाद्य कार्यक्रम को सहयोगमा संचालित कर्णाली क्याप्स परियोजना अन्तरगत संचालनमा रहेको कुलोको जिल्ला स्तरिय अनुगमन गरियको हो । मानव अधिकार तथा बातावरण बिकास केन्द्र हुरून्डेक नेपालको सहयोग सहजिकरणमा पचालझरना द्ध मा महत्वपुर्ण अनुगमन भयको हो ।

साल्तेमर्म सिचाइ कुलोको कुल लागत ८५ लाख ७६ हजार ६ सय ६४ रहेको छ । गाउपालिकाको वडा नं ४ मा करिब १९ सय मिटर सिचाइ कुलो निर्माण हुन लागेको हो । परियोजनाको निर्माण कार्य फाल्गुण महिना सम्म गरि सक्ने उपभोक्ता समितिका अध्यक्ष एैन बहादुर सेजुवालले बताउनु भयको छ । विश्वखाद्द कार्यक्रमका राज बहादुर बुढथापाले परियोजनाको काम सन्तोषजनक रहेको बताएका छन् । सिचाईकुलो निर्माणबाट करिब १९१ घरदुरीका १२०० जना लाभान्वित हुने जनाईयको छ । ३२७ मिटर सिचाईकुलो पालिकाको सडक निर्माण गर्दा क्षतबिछेद भयको छ । उक्त क्षति भयको कुलो पालिकाको सहयोगमा निर्माण हुनु पर्ने उपभोक्ता को अठोट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *