कर्णाली क्याप्स परियोजना अन्तर्गत पलाँता ७ मा भुच्चीखोला लघुजलविद्युतको अनुगमन

    कर्णाली क्याप्स परियोजना अन्तर्गत पलाँता ७ मा भुच्चीखोला लघुजलविद्युतको अनुगमन ।  विश्व खाद्य कार्यक्रम अन्तर्गत कर्णाली क्याप्स परियोजना अन्तर्गत जिल्लाको पलाँता गाउँपालिका को वडा नं।७ फागोटीमा संचालित भुच्चीखोला लघुजलविद्युत आयोजनाको जिल्ला स्तरिय सयुक्त अनुगमन गरिएको छ । क्याप्स कर्णाली परियोजना अन्तर्गत  करिव ६६ लाख ११ हजार ७६ रुपैया २० पैसाको लगानीमा भुच्चीखोला लघुजलविद्युत आयोजनाको ग्याबिन लगाउने र सिचाइका लागि कुलोको समेत काम थालिएको हो । अनुगमन टोलीले काम सन्तोष जनक रहेको निष्कर्ष निकालेको छ । फागोटी गाउँका करिव ११७ घरधुरीका करिव ५०० जना स्थानियहरु उक्त आयोजनाबाट लाभान्वित हुने आयोजनाका अध्यक्ष लंक बहादुर शाहीले बताउनु भएको छ । स्थानियले सिचाई र बत्ति दुवैको लाभ लिने हुँदा अव समयमा नै सिचाई र बत्ति बाल्न पाउने भएपछी आफुहरु हर्षित भएको स्थानिय अलैपुरा जैसीले बताउनु भएको छ ।

परियोजनाको अवधि ३ महिना भएपनी चिसो समयको मौषममा काम गर्न नसक्ने भएपछी २ महिना थप गरिएको प्राविधीक पसल बमले जनाउनु भएको छ । रकमको अनियमिता हुने डरले उपभोक्ता समितिको नाममा खाता नभई कामदारको नाममा खाता खोलिएको कर्णाली क्याप्स परियोजनाका फिल्ड अधिकृत राज बहादुर बुडथापाले जानकारी दिनु भएको छ । अनुगमन लाभदायि र दिगो टिकाउका योजना हुने हुरुन्डेक नेपाल कालीकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाले बताउनु भएको छ । साथै बुढाले जिल्लाको पलाताँ गाउँपालिकाका स्थानियलाई आफ्नो संस्थाले सक्ने सहयोग गर्ने बताउदै योजनाहरु समयमा नै सम्पन्न गर्न समेत आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *