पलाँता गाउँपालिका थिर्पुमा बिपद व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

कालिकोट जिल्लाको पलाँता गाउँपालिका वडा नं ९ थिर्पुमा विपद व्यवस्थापन स्थानिय बिपद व्यबस्थापन समीतीका सदस्य र स्थानिय बिपद तथा जलबायु उत्थानशिल सञ्जालका सदस्यहरु का लागी २ दीने तालिम सम्पन्न भयको छ । उक्त कार्यक्रमका सभापति टक्क बहादुर बम को सभाअध्यक्ष र वडा नं ७ का बर्ज बहादुर बम वडानं ६ का वडाअध्यक्ष रुप बहादुर रोकाया प्रशिक्षक कृण बहादुर शाही को उपस्थीतीमा तालिम सम्पन्न भयको नयाँ राज बिक ले जानकारी दिनुभयो ।

उक्तकार्यक्रमको आर्थिक सयोग डी एम सी डी डी को र मिसनइस्ट को प्राबिधिक सयोग पलाँता गाउँपालिका संगको सम्वन्यमा कीर्डाक नेपाल द्धारा सञ्चालित हीमालि क्षेत्रको उत्थानशिल स्थानिय बिकास प्रबधन परीयोजना अन्तरगत स्थानिय नागरीक समाज लाई बिपद अनुगमन सम्बन्धी २ दीने तालिमको समापन गरीएको छ । तालिम सुरुको अवसरमा प्रहरी प्रमुख कमला मल्ल बम प्रशिक्षार्थीहरुलाई विपद्को समयमा जन अपेक्षा अनुरुप प्रहरीबाट हुने उद्धार कार्य प्रभावकारी वनाउन आफु लागीपर्ने वताउनुभयो ।

 उक्त तालिमका प्रशिक्ष खगेन्द्र बहादुर बिस्ट, कृण बहादुर शाहि ले तालिमबाट सिकेका व्यवसायिक ज्ञान, सिपलाई कार्यक्षेत्रमा लागू गर्न उहाँले प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो । नेपाल प्रहरी दक्ष विपद् उद्धारकर्मी उत्पादन गर्ने उद्धेश्य अनुरुप विपद् घटनाबाट हुन सक्ने विभिन्न आकस्मिकता हरुबारे विश्लेषण र प्राथमिक उपचारमा सहयोग पुयाउन, चोट पटकमा प्राथमिक उपचार गराउन तथा घाइतेलाई थप क्षति हुन नदिने सिप सिक्न, घाइतेलाई आवश्यकता अनुसार सही तरिकाले स्थानान्तरण गर्ने सिप हाँसिल गर्न, आगलागी नियन्त्रण तथा यसबाट वच्ने उपाय लगायतका विषयमा सैद्धान्तिक एंव व्यवहारिक ज्ञान दिइएको सो अवसरमा जानकारी गराइयो । समारोहमा तालिम संयोजक प्रशिक्षार्थीको तर्फबाट जम्मा २५ जनाको उपस्थीतीमा सो तालिम सम्पन्न भयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *