जन्मदिनको अवसरमा दिनदुखीहरुलाई सहयोग सौर्य समाचारको प्रभाव

जिल्लाको शुभकालिका गाउँपालिका– ४ की अनिता शाही गरिब घरपरिवारकी सदस्य हुन् । उनकी आमाले अर्कै विवाह गरेर टाढा भइन् । यति मात्र हैन, बुवा पनी बेपत्ता भएको धेरै वर्ष वित्यो । गत पौष ३ गतेका दिन सौर्य दैनिकमा दिदि नै हाम्री आमा भन्ने शिर्षकमा समाचार छापिएपछी धेरै जनाले समाचार पढे ।

अनिताकी ७ वर्षिया बहिनी र ५ वर्षिया भाइले सानै छँदा आमा बुवा गुमाएको समाचार पढेपछि अधिकांसका आखाँ रसाए । र, उनि टुहुरा बालवालिकालाई सहयोग गर्ने इच्छा धेरैले राखेका छन् । जिल्ला ब्याटमिन्टन संघ कालीकोटकी उपाध्यक्ष लक्ष्मी कुमारी शाही ९मल्ल० ले आफ्नो जन्म दिनको अवसर पारेर अनिताका भाइबहीनीहरुलाई सहयोग गरेकी छन् । लगाउने कपडा, ओढ्ने सिरक डस्ना, कापीकलम र केही आर्थिक सहयोग गरी करिव २५ हजार बराबरको समान र नगद वितरण गरेकी हुन् ।

लक्ष्मीले जन्मदिनमा अनाश्यक खर्च गर्नुभन्दा दिनदुखीहरुलाई सहयोग गर्नु राम्रो पक्ष रहेको भन्दै सवैले होटल, बार, जुवातास खेलेर आर्थिक भार पार्नु भन्दा गरिब दुखीहरुलाई सहयोग गर्नु राम्रो रहेको बताइन् । साथै उनले सौर्य दैनिकका समाचारदाता हस्त चौलागाँईलाई खोजमुलक समाचार सम्प्रेशणका लागि धन्यवाद दिँदै आगामी दिनमा खोज पत्रकारीता गर्न समेत आग्रह गरिन् ।

जिल्ला ब्याटमिन्टन संघ कालीकोटकी उपाध्यक्ष लक्ष्मीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलेको प्रमुख आतिथ्यता तथा कालीकोट प्रहरी प्रमुख श्यामबाबु ओलियाको विशेष आतिथ्यमा उक्त सहयोग वितरण कार्यक्रम भएको हो । जन्मदिनको अवसरमा दिनदुखीहरुलाई सहयोग गरेकोमा धन्यवाद दिँदै आगमी दिनमा लक्ष्मी कुमारी शाही ९मल्ल० लाई समाजसेवाको बाटोमा हिँड्न अतिथिहरुले शुभकामना दिएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, प्रहरी प्रमुख श्यामबाबु ओलिया, पत्रकार हस्त चौलागाँई ९त्रिकाल०,भरतराज विष्ट,भिम बहादुर शाही, कोष तथा लेखा नियन्त्रण कार्यालय,उमिला शाहीलगाएतले अनिताका भाई बहीनीहरुलाई नगद सहयोग समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *