बालमैत्रि गाउपालिका बनाउने अध्यक्ष बिष्टको भनाई ।।

जिल्लाको नरहरीनाथ गाँउपालीकामा क्षमता अभिबृद्धी तालिम सुरु भएको छ । नरहरीनाथ गाउपालिकाका ९ वटै वडाका महीला जनप्रतिनीधि बालबालिका महीला संजालका प्रतिनीधिहरुलाई ३ दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको हो । नरहरीनाथ गाउपालिकाका उपाध्यक्षय मनशोभा बुढाको अध्यक्षता गाउपालिका अध्यक्ष धिर बहादुर बिष्टको प्रमुख अतिथ्यतामा क्षमता अभिबृद्धी तालिम सुरु भएको छ । उक्त तालिमको उद्घाटनमा बोल्दै प्रमुख अतिथीले बालबिबाह न्युनिकरण बालबालिका हिंसा बिरुद्ध हुने कुनै कुराको अन्त्य गरीने र यो गाउपालिकालाई बालमैत्रि गाउपालिका बनाउने बताउनुभयो । उहाँले भन्नुभयो बालबालिकाहरुले पनि शसक्त रुपमा आफ्नो क्षमता बिकास गदै आफ्नो भबिष्यका लागी पढाई लेखाईमा बिशेस ध्यान दिई नियमीत बिद्यालय जाने अतिरीक्त क्रियाकलापमा सहभागीतामा सक्रीय हुनुपर्ने उहाँको भनाई छ ।

त्यस्तै गाउपालिकाका उपाध्यक्ष मनशोभा बुढाले हिंसामुक्त समाज बनाउने र बालबालिकाबिरुद्ध हुने सबै किसीमका दुब्र्यबहारहरु अन्त्य गरीने बताउनुभयो ।

प्लान नेपाल को आर्थिक सहयोग गाउपालिकाको समन्वय र सादा नेपालको सहजिकरणमा संचालन भएको तालिममा बालबालिका महिला लगाएत लैङ्गीक हिंसा बालबिबाह सामाजिक अपराध बालसंरक्षण लगाएतको बिषयमा जानकारी गराईने छ । गाउपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद भुषाल महिला साखा प्रमुख सरीता बिष्ट बिष्नु न्योपानेले सहजिकरण गर्नुहुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *