अध्यक्ष धीरबहादुर शाहीलाई कालीकोट प्रहरीद्धारा उद्धार

दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई जिल्ला प्रहरि कार्यालय कालीकोटबाट गएको एक टोलीले सकुशल उद्धार गरेको छ । ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै अध्यक्ष शाहीलाई गए राती अपहरण गरि कालीकोट ल्याउदै गर्दा शुभकालीका गाउपालीका वडानं। १ छातीको जंगलबाट गाउपालीका अध्यक्ष शाहीलाई जनपथ र सशस्त्र प्रहरिको संयु्क्त टोलीले सकुशल उद्धार गरेको जिल्ला प्रहरि प्रमुख डिएसपि श्यामबाबु ओलियाले बताउनु भयो ।

गाउपालीका अध्यक्ष शाहीलाई बिप्पल निकट समूहले गएराती एक बजे अपहरण गरि कालीकोट ल्याउदै गर्दा कालीकोट र दैलेखको सिमानामा पर्ने छातीको जंगलबाट आइतवार बेलुकी उद्धार गर्ने क्रममा बिप्लव निकट कार्यक्रताहरुको भागदौड भयको र केहि फायर समेत गरिएको डिएसपि श्यामबाबु ओलियाको भनाई छ ।

प्रहरीले अपहरणमा विप्लव संलग्नता रहेको आशंका गरे लगतै गाउपालीका अध्यक्ष शाहीको खोजि कार्य जारि गरेको थियो । अपहरित शाहीलाई कालिकोट तिल लगिएको भन्ने सामान्य सुचनाको आधारमा दैलेख र कालीकोटका सम्पुर्ण सिमाना नाकाहरु बन्द गरि खोजि कार्य गदै जाँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलिले उद्धार गर्न सफल भयको जनाइएको ।

अध्यक्ष शाहीसँगै उहाँको श्रीमति इलालाई पनि नकाबधारी समूहले लगेको थियो । तर दुई घण्टा हिंडाएपछि इलालाई अपहरणकारीहरुले जंगलबाटै फर्काएको प्रहरीले जनाएको छ । प्रदेश, दैलेख र कालीकोट बाट नेपाल प्रहरि र नेपाल सशस्त्र प्रहरि परिचालन गरि १३ घण्टा पछि उद्धार गरिएका गाउपालीका अध्यक्ष शाहीलाई जिल्ला सदरमुकाम मान्ममा ल्याउदै गरेको प्रहरि प्रमुख डिएसपि श्यामबाबु ओलियाको भनाई छ ।

जिल्ला प्रहरि कार्यालय कालीकोटबाट प्रहरि नायव निरिक्षक मिनबहादुर बिसि र प्रहरि सहायक निरिक्ष मिमबहादुर बमको नेतृत्वमा गयको जिल्ला प्रहरि कार्यालय कालीकोटबाट खटिएको टोलि र नेपाल शसस्त्र प्रहरिका प्रहरि नायव निरिक्षक झुपेन्द्र सिंह ठकुरिको नेतृत्वमा गयको जम्मा ५० जनाको टोलिले उद्धार गरेको हो ।
गाउपालीका अध्यक्ष धिरबहादुर शाहीले बिगत देखि नेत्र बिक्रम चन्द्र नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टिको शुराखि गर्दै बिरोध गर्दै आयको र गाउपालीकाको बजेटमा गरेको अनियमित्तताको कारण अपरण गरेको नेत्र बिक्रम चन्द्र नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टि द्धारा जारि बिज्ञप्तिमा उल्लेख छ ।http://www.rnkfm.com.np साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *