तिलागुफा नगरपालीका सामुदायिक बिद्यालयमा पुस्तक बितरण

कर्ण कुमाल

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयमा आज नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि किताबहरु बितरण गरियको छ । नगरपालिकाको शिक्षामा सुधार ल्याउने उदेश्यले कर्णाली फाउन्डेसनको आयोजनामा बिभिन्न बिषयका किताहरु बितरण गरियको जनाइयको छ । कर्णाली जनजागरण युवा मन्चका अध्यक्ष कटक बहादुर शाहिको अध्यक्षता तिलागुफा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष धर्मराज शाहिको प्रमुख अथित्यता र तिलागुफा नगरपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत नरजङ शाहिको बिषेश आथित्यतामा बितरण कार्यक्रम सकियको फाउन्डेसनका अध्यक्ष तथा बिद्यार्थी युवा नेता धिरेन्द्र आचार्यले बताउनु भयो । बितरण कार्यक्रमा आफ्नो धारणा राख्दै कार्यक्रमका प्रमुख अथिती समेत रहेका वडा नं ६ का वडा अध्यक्ष धर्मराज शाहिले लिएका किताव हरुको सहिरुपमा कार्यानयन गर्न सवै सामुदायिक बिद्यालयहरु लाइ सुझाव दिदै शिक्षाको सुधारको लागि यो अभियान अति आवश्यक भएको भन्दै सहयोगी संथा लाइ धन्यवाद दिनु भयो ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभा अध्यक्ष तथा कर्णाली जागरण युवा मन्चका अध्यक्ष कटक बहादुर शाहिले आफुहरु यो बितरण अभियान लाई कालिकोटका ९ वटै स्थानिय तहमा लिने बताए । साथै अध्यक्ष शाहिले अहिले तिलागुफा नगरपालिका लाई ३० लाख बराबरको किताव सहयोग गरेपनि आगमी दिनमा अझै यस्को भोलुम बढाउने पनि बताए । कार्यक्रमा तिलागुफा नगरपालिका भित्रका सामुदायिक बिद्यालयका प्रतिनिधी,राजनितिक दल ,शिक्षक बिद्यार्थी र सरोकारवालाहरुको सहभागिता रहेको कर्णाली फोउन्डेसनका अध्यक्ष धिरेन्द्र आचार्यले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *