सिलाइ कटाइ व्यवसायमा महिलाहरुको आकर्षण बड्दोे ।

थोरै लगानीमा जीविको पार्जन गर्न सकिने भएपछि कालिकोटका महिलाहरुमा सिलाई कटाई प्रति आकर्षण बढ्दै गएको छ ।पढाईलाई निरन्तरता दिन नसक्नेहरु देखि लिएर वेरोजगार महिलाहरु अन्य व्यवसाय छाडेर सिलाईकटाईमा आबद्ध भएको पाइन्छ । मासिक १० देखि ३० हजार सम्म आम्दानी हुने गरेको उनीहरु बताउँछन् । “सबै खर्च कटाएर दैनिक एक हजार आम्दानी हुनेगरेको कालीकोट जिल्ला खाडाचक्र नगरपालिका बडा न ११ बस्ने तोबिना ऐडीले बताइन् । ऐडिले मान्म बजारमा सिलाई कटाईको उद्योग खोलेर आफ्नो गुजरा चलाई रहेकी छन् ।

विगत ४ वर्षदेखि सिलाई कटाई केन्द्र सञ्चालन गरेको उनले बताइन् । उनले सीप सिक्न चाहने महिलालाई तालिम समेत दिने गरेकी छन् । अहिले उनको तालिम केन्द्रमा १२ वटा मेसिन छन् । ऐडीले यही पेशाबाट घरखर्च चलाउँदै आएको बताइन् । उनले भनिन्, “मैले धेरै बेरोजगार महिलालाई सीप सिकाएकी छु । सिलाइ केन्द्रमा अहिले २० जना महिलाले तालिम लिईरहेका छन् ।’ उनले विभिन्न क्षेत्रबाट जागिर छाडेका महिला सिलाई कटाई सिक्न आफ्नो केन्द्रमा आउने गरेको बताइन् । नरहरीनाथ गाउँपालिका बडा न ५ बस्ने सबिता सहकारीले पढेर भने जस्तो जागिर नपाएपछि अब सिलाइकटाइको सीप सिकेर आत्मनिर्भर बन्ने उद्देश्य लिएर आएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *