समाज परिर्वतन गर्न पहिला आफु र आफ्नो घरवरिवार बाट सुरु गर्नुपर्ने अध्यक्ष चौलागाई

कालिकोट जिल्लाको खाँडाक्रर नगर पालिका मान्ममा बिहिवार देखि पाँचदीने रोजाई आवाज र प्रतिवद्धता पाठ्यक्रमका बिषयमा सहजकर्ताहरुका लागी तालिम सुरु भएको छ । सहजकर्ताहरुमा लैगिक मुल्यमान्यता, र रोजाई,आवाज,प्रतिवद्धता पाठ्यक्रमको अवधारणामा स्पष्टवुझाई तथा बिषयमा साझा बुझाईल्याई उनीहरुको क्षमता बिकास गरि सहजकर्ता तयार गर्ने । सहज कर्ताहरुले समुदायमा संचालन गर्ने रोजाई, आवाज र प्रतिवद्धता सम्वन्धि सत्र संचालन गर्नका लागि कार्ययोजना निर्माण गर्ने उदेश्यले तालिमको आयोजना गरिएको किर्डाक नेपाल कालिकोट द्धारा संचालीत सहयात्रा परियोजना संयोजक प्रकाश बहादुर शाहिले जानकारी दिनु भएको छ । सेभद चिल्डेनको आर्थिक सहयोग किर्डाक नेपाल कालिकोटको आयोजनामा संचालन गरिएको तालिममा सहयात्रा परियोजनाका कार्यक्रम संयोजक राम बहादुर रावतको सभा अध्यक्षता तिलागुफा नगरपालिकाका नगर प्रमुख रतन बहाुदर शाहिे प्रमुख आतिथ्यिता शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाइको बिषेस आथित्यतामा तालीम संचालन भएको हो .

कार्यक्रमा बोल्दै कार्यक्रमका प्रखुख अथिति रतन बहादुर शाहिले तालिम सहभागिहरुले तालिममा सिकेका कुराहरु समाजमा गएर अक्षेरस पालना गर्ने पर्ने बताउदै आफ्नोनगरपालिका बाट समाजमा बिकृत हटाउन जस्तो सुकै सहयोग गर्न नरपालिकाबाट कुनै कुराको कमि हुन नदिने पनि बताउनु भयो

यस्तै तालिम सफलताको शुभकामना दिदै कार्यक्रमका बिशेष अथिती समेत रहेका शुभकालिका गाउपालिकाका अध्यक्ष खडानन्द चौलागाइले समाज परिवर्तन गर्न पहिला आफु र गाफ्नो घरवरिवार बाट सुरु गर्नुपर्ने बताउदै समाजमा हुने लैगिक बिभेद हटाउन किर्डाक नोपाल कालिकोटले लामो समयदेखि कालिकोटमा काम गरेकाले धन्यवाद समेत दिनु भयो साथै अध्यक्ष चौलागाइले समाज परविर्तनको अभियानमा सवैले सरोकार वालाले साथ दिन आग्रसमेत गर्नु भयो तालिममा तिलागुफा नगर पालिका र शुभकालिका गाउँपालिका २५ जना सहजकर्ताको सहभागिता रहेको छ भने ५ दिन सम्म तालिमको सहजिकरण निमित्त प्रमुख जिल्ला अधिकारी वम बहादुर नेपालि ,ससेभद चिल्डेनका परियोजना संयोजक बाले बिश्कर्मा सहयात्राका प्रकाश शाहि,सरिता खत्रिले गनु हुने छ ।

कार्यक्रमा तिलागुफा नगरपालिका वडा नं १ का वडा अध्यक्ष तल बहादुर कटुवाल नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी प्रेस संगठनका कालिकोट अध्यक्ष भरतराज बिष्ट न्युज राराका अध्यक्ष कर्ण कुमाल रेडियो मालिकाका पत्रकार साधना शाहि लगाएतका सरोकारवालको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *