प्रत्येक महिनामा छोरिको बैंक खातामा मासीक ५०० रुपैंया जम्मा गर्ने मुख्य मन्त्री शाहीको भनाई

बैंक खाता छोरिको, सुरक्षा जिवन भरिको भन्ने मुल नाराकासाथ कार्णाली प्रदेश सरकारले अब प्रदेश भित्रका छोरिहरुको लागी बैंक खातामा मासीक ५०० रुपैंया जम्मा गरिदिने भएको छ । यो कार्यक्रम आर्थिक बर्ष २०७६ भित्र जन्मीयका छोरिहरुबाट सुरु भै आगामी दिनमा जन्मीयका छोरिहरुले अब यो सुभिदा निरन्तर पाउने भएका छन । कर्णाली प्रदेश सरकारले २०७६ को निति तथा कार्यक्रममा ल्याएको छोरी सुरक्षा कार्यक्रम कालिकोट जिल्ला बाट सुभारम्भ गरेको छ ।बैंक खाता छोरीको सुरक्षा जिवन भरीको भन्ने मुलनारा साथ कर्णाली प्रदेश सरकाको आयोजना मान्ममा भयको कार्यक्रमा खाँडाचक्र नगरपालिका वडा नं बुवा प्रदिपे नेपाली आमा दर्शना नेपालको ५ महिनाको छोरी जानकि नेपाली र खाँडाचक्र वडा नं १ निवासि बुवा नयाँ सुनार र आमा रत्ना सुनारकि ३ महिनाकि छोरी जमुना सुनारको नाममा राष्ट्रिय बाँणिजे बैंक शाखा कालिकोटमा खाता खोलि रु १ हजार जम्मा गरेको वैंक भौचर कर्णाली प्रदेश सरकारका माननिय मुख्य मन्त्रि महेन्द्र बहादुर शाहिले आफन्तलाइ हस्तान्त्रण गर्नु भयको छ ।


वैंक भौचर हस्तान्त्रण गदै मुख्य मन्त्रि शाहिले कर्णालीमा बालबिवाह न्युनिकरण गर्ने उदेश्यले कर्णाली प्रदेशमा कार्यक्रम लागु गरियको बताउनु भयो साथै मन्त्रि शाहिले अन्य प्रदेश भन्दा कर्णाली प्रदेश सरकारले बिकास निकासका हिसावले होस याकानुन बनाउने मा होस कर्णाली प्रदेश अगाडि रहेको बताउदै महत्वपुर्ण ठुला र प्रभावकारी योजनाहरु बनाउनुहोस्, बजेट छैन् भनेर कानमा तेल हालेन नवस्नुहोस, हामी बजेट खर्च गर्न नसकिने गरी जति पनि छ । हामी संग भएको बजेटलाई सही तरिकाले सदुपयोग गर्ने गरी योजना कार्यक्रम वनाउनुहोस् । जनअपेक्षाकृत र सकारात्मक कामको लागी प्रदेश सरकार हरदम तयार रहेको बताउनु भयो ।

कार्यक्रमा शुभकामना दिदै कार्यक्रमका अथिति भुमि सुधार तथा कृषि मन्त्रि बिमला केसीले महिला हरेक दृष्टिकोणले पछाडि परेको स्मरण गराउदै महिलालाई बाल बिवाह ,महिला हिंसा रोक्न र महिलालाइ राज्यका हरेक निकायमा पहँुच पुराउन कार्यक्रमको आयोजना गरियको बताउदै यसमा सवैले सकारात्मक रोचकासाथ साथदिनु पर्ने बताउनु भयो । छोरिहरुप्रति जगडीयको परम्परागत कुसस्कार र कुरीती जस्ता जगन्य अपराध अभ हामी सबै मिलेर चिर्नुपर्ने र यो कार्यक्रमले आमाको गर्भबाटै छोरीहरु तिरस्कार हुनुपर्ने र भुरुण हत्याहुनुपर्ने जस्ता सामाजिक कुसस्कारकोपनि अन्त्ये हुने सामाजिक बिकास मन्त्री बिमला केसीले भन्नुभयो । कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्रि माननिय दल रावलको अध्यक्षतामा भयएको कार्यक्रममा प्रदेश प्रमुख सचिब केवल प्रसाद भण्डारी , प्रदेस सभा सदस्य माननीय कुर्मराज शाही, प्रदेश सरकारका सचिबहरु,कालिकोटका स्थानीय तहका प्रमुखहरु , कर्मचारी ,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।सो कार्यक्रमको खांडाचक्र स्थित २ जना छोरिहरुको नाममा राष्टिय बाणीज्य बैंकशांखा कालीकोटमा खाता खेली शुभारम्म गरियाको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *