लक्षित बर्गमा सुशासन प्रत्याभुत तथा समिक्ष कार्यक्रम बासको सम्पन्न

कालीकोट जिल्लामा लक्षित बर्गमा सुशासन प्रत्याभुत तथा समिक्ष कार्यक्रम खाडाचक्र नगरपालीका बडा न १को सभाहलमा बासको समिक्षा कार्यक्रम सम्पन्न भएको हो । शुसानमैत्री सामाजिक न्याय,भ्रष्टाचार बिरुद्ध साँझा अभियान भन्ने मुल नाराको साथ खाडाचm नगरपालीको समन्वय र बास केन्द्रीय कार्यालय नेपालगंजको आर्थिक सहयोग र बाँस शाँखा कार्यलय कालिकोटको सहजिकरणमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन विषयक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बास शाखा कालिकोटका कार्यबाहक अध्यक्ष रमेश कुमार सोनीको अध्यक्षतमा राष्ट्रिय सभाका सदस्य माननीय नरपति सुनार प्रमुख आतिथ्यिता,खाडाचक्र नगरपालीकाका उपप्रमुख बिजया बिष्टक बिषेशआतिथ्यिता, खाडाचक्र नगरपालीका प्रमूख प्रशासकिय अधिकृत खड्कप्रसाद उपाध्ययको बिषेश उपस्थितीमा र खडाचक्र नगरपालीकाका बडा १ देखि ११ बडा सम्मका लक्षित बर्ग लागएत पत्रकार सहभागी रहेको थिए ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य माननीय नरपति सुनारले भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यबद्धता हुनु पर्ने बताए । प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई आत्मसात् गर्दै प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज वा अन्य कुनै नाममा उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा छुवाछूत तथा भेदभाव नहुने अवस्था सिर्जना गरी प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्न गरेको समेत सुनारले बताए । छुवाछूत र जाति विभेद लाई न्युनिकरणका लागी बासले गम्भीर भुमिका खेल्ने बताए ।

यस्तै खाडाचक्र नगरपालीका उपप्रमुखले अपाङ्गा असाहे दलित महिलाको आम समुदायिकहरुले पाउने सेवा सुबिधा अहिले सम्पुर्ण वडा तथा नगर कार्यालयमाले दिरहेको बताईन । समाजका अनियमित्ता भ्रष्टचार विकृति विसंगती विरुद्ध सशक्त रुपमा लागेको र दुखी गरिव असाहयहरुको उपकार र आर्थिक अभावका कारण उपचार पाउन नसकेका कैयौंको उपकार गरेको समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसंगतिलाई साझा एजेन्डाका रूपमा लिएर समाधानका लागि साझा प्रयास र्गयौं भने मात्र जातीय द्वन्द्व हट्ने बिष्टले बताईन ।

प्रमूख प्रशासकिय अधिकृत खड्क प्रसाद उपाध्यायले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका स्थानीय तह र सरकारी कार्यालयका प्रमुखहरुको रहेको हुंदा सवैले आ(आफ्नो स्थानबाट सक्दो प्रयास गर्दै सेवा प्रवाह गर्दा नैतिकता, सदाचार र निर्भीकताका साथ आम सेवाग्राहीहरुलाई प्रत्याभूत हुने गरी सुशासन कायम गर्न प्रतिवद्ध हुनपर्ने,बताए । कार्यक्रमको समापनमा बोल्दै बास कार्यबाह्क जिल्ला अध्यक्ष सोनीले जिल्लाम हरेको बालबालीका , असाहे अपागा , दलित बर्गको हितमा रहेर बागेश्वरी असल शासन क्लबले काम गर्ने प्रतिबद्धता गरे ा  कार्यक्रमको संचालन तुलराज पाण्डे  गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *