बालअधिकारका लागि सादा नेपालका संस्थापक अध्यक्ष योगीद्धारा प्रेसविज्ञप्ती जारी

मंसिर २२ गते बिहान बाँकेको कोहलपुरस्थित श्री त्रिभुबन उच्च माबि कोहलपुरमा कक्षा ७मा अध्ययनरत छात्रा प्रकृति चन्द स्कुलमा प्रबेश गदै गर्दा चालकको लापरवाइले भएको दुखद दुर्घटना र त्यस पश्चात आक्रोशित स्कुलका छात्रा छात्रलाई नियन्त्रण गर्ने क्रममा कोहलपुर प्रहरी प्रशासनको ज्यादति र कानुन उलंघनको निन्दनिय र दुखद घट्नाप्रति गम्भीर ध्यानआकर्षण भएको कर्नाली प्रदेश स्तरिय नागरिक संजालका सचिवालय सदस्य अशोक नाथ योगीद्धारा प्रेश विज्ञप्तीमा भनीएको छ । बिद्यालय र बालबालिका शान्ति क्षेत्र हुन बालअधिकार संरक्षण राज्य पक्ष लगायत सम्पुण सरोकारवालाको दायित्व हो । बालअधिकारको संरक्षण गर्नु सबैको दायित्व हो । अपशोच सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मीबाट भएको बल प्रयोग, लाठी चार्ज, कुटपिट र हवाई फाईरिगंले वाताबरण नै त्रसित बनाएर बालबालिका भागाभागको त्रासपुण अबस्था र अभिभाबकमा परेको छटपटाहले बाल मनोबिज्ञानमा समेत असर परि बाल संरक्षणको प्रतिउत्पादक हुने गरि बालअधिकार उलंघन र बाल दुब्यवहार प्रहरी प्रशासनको ब्रदी र गोलीको अनि सुरक्षा दिने शक्तिको चरम दुरुपयोग अति अति अति नै निन्दनिय र दुखद छ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रेस बिज्ञप्ती

बालबालिकाको अधिकारको क्षेत्रमा कार्यरत नागरिक समाजका संस्थाहरुले अब उप्रान्त यस प्रकारका कुनै पनि घटना घट्न नदिनका लागि घटनाको सत्य तथ्य छानबिन गरि दोषि चालक र प्रहरी प्रशासन उपर कडा भन्दा कडा कानुनी कार्वाही गर्ने गराउने र घाइते शिक्षक बिद्यार्थी र अभिभावकको अबिलम्ब दक्ष चिकित्सक र औषधि उपचार सहित राज्य पक्षबाट सम्पुर्ण औषधि उपचार खर्चको प्रबन्ध गरेर पिडितलाई उचित राहात तथा क्षतिपुर्तिको ब्यस्था गर्न नेपाल सरकार सँग जोडदार माग गरिन्छ ।महिला हिंसा बिरुद्धको १६ दिने अभियान र ७१ औ अन्तराष्ट्रिय मानव अधिकारको सन्र्दभमा ७७ जिल्लामै सप्ताहाव्यापी कार्यक्रम सम्पन्न भइरहँदा स्कुल हातामा प्रहरी प्रशासनको जवरजस्त प्रबेश छात्रा छात्र अनि शिक्षक माथिको दुरव्यवहारले रक्षक नै भक्षक भएको पुष्टि भएकोले अम्बिलम्ब राष्ट्रिय मानवअधिकार आयोग लगायत राज्यका सुरक्षा निकायका माथिल्लो तहको बालअधिकारका राष्ट्रिय अन्तराष्ट्रियस्तर सरोकारवालाको ध्यान जान र गम्भीर हुन जरुरी छ । निन्दनिय र दण्डनिय दुब्र्यबहार जन्य कार्यमा संलग्न लाई कार्बाही गर्ने सरकारी प्रतिबद्धताका साथ तत्काल सहजता र सद्भाव ल्याउन समस्या समाधानको उपाय निकाल्दै दोषी उपर कडा भन्दा कडा कार्बाही गरि पिडितलाई राहात दिलाएर पिडकलाई कानुनी कार्बाहीको दायरामा ल्याउन बिलम्म नगरियोस भनी सरकार संग माग गर्दै यो प्रेस विज्ञप्ती जारि गरिएको छ प्रेस विज्ञप्तीमा भनीएको छ

सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालका संस्थापक अध्यक्ष र बालबालिकाका निमित्त गैसस महासंघका केन्द्रिय सदस्य तथा भर्खरै गठन भएको बालअधिकारका लागि कर्नाली प्रदेश स्तरिय नागरिक संजाल संस्थाका सचिवालय सदस्य समेत रहनु भएका अशोक नाथयोगीले प्रेस बिज्ञप्ती जारी गर्दै सरकार संग घटनाको सत्य तथ्य छानबिन दोषीउपर कार्बाही र पिडितलाई क्षतिपुर्ति र घाईतेको स्वास्थ्य उपचारको जिम्मा राज्यले लिनु पर्ने माग गर्नुभएको छ ।

अशोकनाथ योगी
संस्थापक अध्यक्ष सामाजिक जागरण तथा बिकास प्रतिष्ठान,सादा नेपाल
महासचिब राष्ट्यि मातृ तथा बाल स्वास्थ्य संजाल,काठमाण्डौ ।
केन्द्रिय उपाध्यक्ष लोकतान्त्रिक गैरसरकारी संसथा महासंघ, काठमाण्डौं
केन्द्रिय सदस्य बालबालिकाका निमित्त गैरसरकारी संस्था महासंघ नेपाल
सचिबवालय सदस्य बालअधिकारका लागिकर्णाली प्रदेशस्तरिय नागरिक संजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *