खाँडाचक्र नगरपालिकाले पहिलो चौमासिकको कामको प्रगति सार्बजनिक

कर्ण कुमाल

कालीकोटमा पछिल्लो समय जिल्लाका स्थानिय तह नागरिक प्रति जवाफदेही बन्न थालेका छन् । सूचनाको हकको कार्यन्वयनसँगै नागरिकका गुनासाहरु सुन्न चौमासिक रुपमा सार्बजानिक सुनुवाई गरी जिल्लाका स्थानिय तहहरु नागरिक प्रति जवाफदेही बन्न थालेका हुन् । मुलुक संघिय संरचनामा गएपछि बनेका स्थानिय सरकारहरुले पहिलो बर्ष सार्बजानिक सुनुवाई गरेनन् ।बाराम्बार जिल्लाका नागरिक समाजको पहलका साथै स्थानिय तहको महालेखा परीक्षण गर्दा सार्बजानिक सुनुवाई किन नगरेको भन्ने प्रश्न उठेपछि जिल्लाका सबै स्थानिय तहहरुले सार्बजानिक सुनुवाई गर्न थालेका हुन् । नियम अनुसार हरेक सार्बजानिक निकायले आफुले गरेका कामहरुको बिषयमा आम नागरिकलाई जानकारी दिन प्रत्येक ४∕४ महिनामा सार्बजानिक सुनुवाई गर्नुपर्छ । तर कालिकोटका स्थानिय तहले बर्षमा कसैले दुई पटक कसैले नियम अनुसार तीन पटक सार्बजानिक सुनुवाई गर्न थालेका छन् ।

बिहिबार जिल्लाको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकाले पहिलो चौमासिकको कामको प्रगति सार्बजानिक गर्न र जनताका सुझावहरु संकलन गर्न सार्बजानिक सुनुवाई कार्यक्रमको आयोजना ग¥यो । सार्बजानिक सुनुवाईमा नगरपालिकाका प्रमूख प्रशासकिय अधिकृत  खड्कप्रसाद उपाध्ययले चाललु आर्थिक बर्षको पहिलो चौमासिकको बजेट खर्च २० प्रतिशत मात्र भएको सार्बजानिक गरे । उनले अख्तीयारी ढिलो आएको, उपभोक्ता समिति गठनको प्रक्रियामा समय लागेको लगायतका कारणले गर्दा बजेट खर्च न्यून भएको बताए ।

सार्बजानिक सुनुवाई कार्यक्रममा सहभागीहरुले नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेको, बजार अनुगमन नगरेको, विकासी योजनामा राजनीतिक पुर्वाग्रह राखेकोे, नगर कार्यपालिकाले गरेका निर्णयहरु कार्यन्वयन गर्न नसकेको, नगरपालिकाको वडाबाट प्रबाह हुने सेवाहरु प्रभावकारी बनाउन नसकेको, नगरपालिका भित्र निर्माण भएका तीन वटा सार्बजानिक शौचालयहरुमा ताला लागेको, काम नभएको योजनामा पनि बजेट भुक्तानी दिएको, जनप्रतिनिधिले आफ्नै वडामा भएको योजनाको अनुगमनको नाममा दैनिक भ्रमण भत्ता खाएको, नगरपालिकाका विकासी योजनाहरुमा अनियमितता भएको लगायतका प्रश्नहरु गरे ।

कार्यक्रममा सहभागीहरुले गरेका प्रश्नहरुको जवाफ दिदै नगर प्रमूख जसीप्रसाद पाण्डे, उप प्रमूख बिजया बिष्ट र नगरपालिका प्रबक्ता पुष्पराज गिरीले भएका कमी कमजोरीहरु सुधार गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नगर प्रमूख पाण्डेले हरेक नागरिकले आफुलाई जान्न चाएको बिषय सूचनाको हक अनुसार जान्न पाउने अधिकार भएपनि त्यसको प्रयोग कसैले पनि नगर्ने गरेको बताए ।कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ कालीकोटका सचिब खडानन्द्र अधिकारीले गर्नु भयोको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *