शुभकालिकामा हुने अर्गानिक महोत्सब भव्य कार्यक्रमका साथ उद्घाटन् ।।

 कालिकोट । जिल्लाको शुभकालिका गाउपालिकामा हुने अर्गानिक महोत्सबको भव्य कार्यक्रमका बिच उद्घाटन गरियको छ । कर्णाली प्रदेश सरकारका उद्दोग बन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाको प्रमुख आथित्यता,गाउ खेलकुद बिकास समिति शुभकालिकाका अध्यक्ष खडानन्द अधिकारीको सभाअध्यक्षता तथा कर्णाली प्रदेश सरकारका सदस्य माननीय कुर्मराज शाहीको विशेष आथित्यतामा महोत्सब उद्घाटन भएको हो ।

होम स्टेलाई प्रमोट गर्न, गाउँपालिका भित्रका स्थानिय कलाको संरक्षण गर्न, स्थानियलाई अर्गानिक कृषि खेतिमा अग्रसर गराउन, पुराना संकृतिलाई जगेर्ना गराउने उद्देश्यले कर्णाली प्रदेशकै पहिलो अर्गानिक महोत्सवको आज एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरियको हो ।
नेपाल पर्यटन वर्ष २०२० प्रति लक्षित कर्णाली पर्यटन वर्ष २०७६ लाई सफल पार्न महोत्सवको आयोजना गरिएको हो । कृर्षि, खानी पर्यटन र पुर्वाधार, समृद्ध शुभकालिकाको आधार भन्ने मुलनारालाई सार्थक बनाउन जिल्लाकै पहिलो अर्गानिक महोत्सवको सुरुवाती गरिएको सभाअध्यक्ष खडानन्द अधिकारीले बताउनुभएको छ । अधिकारीका अनुसार स्थानिय स्तरमा लुकेका कला सांसृतिलाई जगाउन महोत्सबको आयोजना गरियको हो ।


प्रमुख अतिथि उद्योग वन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले कर्णाली अंचल नै पर्यटनका दृष्टिकोणले अगाडि रहेको कुरा बताउदै शुभकालिका गाउपालिकामा आयोजना गरियको अर्गानिक महोत्सव प्रदेश कै पहिलो भएकाले यो महोत्सब शिक्षामुलक रहेको बताउनुभयो । साथै बुढाले अन्य स्थानिय तहले पनि शुभकालिकाको सिको गर्नु आबश्यक रहेको बताउनु भएको छ । उहाले भन्नू भयो पर्यटन बर्ष २०२० लाई सफल पार्न शुभकालिकाले चालेको पहल प्रति धन्यवाद समेत दिनुभयको छ । कर्णाली प्रदेश सरकारका सदस्य माननीय कुर्मराज शाहीले यो महोत्सबले शुभकालिकाको समग्र बिकासमा सहयोग पुगाउने कुरा बताउदै कालिकोटका ९ वटा स्थानिय तहले बाहिरबाट कलाकार ल्यायर महोत्सब गर्नु भन्दा स्थानिय स्तरका कलाकार र अर्गानिक बस्तुको प्रयोग गरे जुनसुकै दृष्टिकोणले बिकास हुन सजिलो हुने बताउनुभयो । अकोराबका कर्णाली प्रदेश सदस्य एबं हूरून्डेक कालिकोट अध्यक्ष जजराज शाहीले अर्गानिक महोत्सबले यस पालिका भित्र रहेका हरेक बालबालिका,युवा,बृद्द बृद्दा सबैलाई ठुलो ज्ञान हुने भन्दै कर्णालीमा पहिलो पटक संचालनभएको अर्गानिक महोत्सब सधैका बर्षभरी संचालन गर्न सके झन राम्रो बिकास हुने बताउनुभयको छ ।

कार्यक्रममा अथिति खाडाचक्र नगर पालिका प्रमुख,जसि प्रसाद पाण्डे र शुभकालिका गाउपालिका अध्यक्ष खडानन्द चौलागाई लगायतका अतिथिहरूले यो एैतिहासिक महोत्सब संचालनमा ल्याउनु राम्रो काम भयको र अग्रानिक महोत्सब सन्देशमुलक रहेको बताएका छन् ।

महोत्सवमा स्थानिय खाना, सिस्नोको तरकारी, अल्लाको कपडा, माटाका भाडाहरु, चइचच्चु तथा रोटेपिंङ, चित्रकला प्रर्दशनी लगाएतका स्थानिय अर्गानिक सामानहरुको प्रर्दशनी रहेको थियो ।
कार्यक्रममा मारुनी नाँच, हुड्के नाच, तरबार नाच, घोडा नाँच, विशेष देउडा खेल, झोडा मागल, हास्य ब्यंग्य प्रस्तुती लगाएतका स्थानिय स्तरमा पाइने अन्य कलाहरु देखाइने छ।

महोत्सवमा चर्चिच हाँस्यकलाकार हस्त चौलागाँई ९त्रिकाल० र किरण अधिकारी ९एच के जो डी०को वेजोड प्रस्तुती रहने पनी आयोजक समितिले जनाएको छ । महोत्सव २० गते देखि २२ गते सम्म सञ्चालन हुनेछ । साथै श्री महादेव मावि राराकाटियाका प्रधानाध्यापक दुर्ग बहादुर शाहीले सडक,खानेपानि,बालिबिज्ञान का लागि भवन लगायतका भौतिक पुर्वाधार बिकासका लागि माग गर्दै उद्योग बन तथा पर्यटन मन्त्री नन्दसिंह बुढालाई ज्ञापन पत्र समेत दिनुभयको छ । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख श्याम बाबू ओलिया,गाउपालिका उपाध्यक्ष पम्फा कुमारी शाही,वडा अध्यक्षहरू,स्थानिय बासि लगायतको उपस्थित रहेको थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *