पारा समाजिक कार्यकर्ता र महलिा तथा वालवालिकाहरुका शाखा प्रमुखहरुका लागि पाँच दिने तालिम

जोखिम वालवालिकाहरुको स्याहारका लागि कालीकोटमा पारा सामाजिक कार्यकर्तालाई सक्रिय वनाउन थालिएको छ । जोखिममा रहेका वालवालिका र उनिहरुका घर परिवारलाई सल्लाह दिन र स्वस्थ अवस्थामा ल्याउनका लागि मनोसमाजिक सहयोगका वारेमा जानकारी गराउन थालिएको हो ।

 पारा समाजिक कार्यकर्ता र महलिा तथा वालवालिकाहरुका शाखा प्रमुखहरुका लागि पाँच दिने तालिमको आयोजना गरी मनोसमाजिक सहयोग अर्थात परामर्शका वारेमा जानकारी गराउन थालिएको हो । वालवालिकाहरुमा देखा परेको मनोसामाजिक समस्याको पहिचान गर्न सक्षम वनाउन, आधारभुत सञ्चार सहयोगी सिप मामला ब्यवस्थापन, सिपारिस संयन्त्रको पहिचान गरी सिफारिस गर्न सहयोग पुगाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

सेभ द चिल्डेन किर्डाक नेपालको सहयोग तथा सहयात्रा परियोजना लागु भएका जिल्लाका तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा गठित पारासामाजिक कार्यकर्ता र महिला तथा वालवालिका कार्यालय प्रमुखहरुको सहभागीता रहेको छ । तालिमको सहजिकरण सेभ द चिल्ड्ेनका जुठीराम चौधरी र वाले बिश्वक्रर्माले गरिरहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *