कैदीबन्धीलाई सिरक डस्ना वितरण

कालीकोट जिल्लाका कारागार ५२ जना कैदीहरुलाई महावै गाउँपालिका अध्यक्ष नन्द बहादुर सिंहले २६ सेट सिरक डस्ना संगै फलपूmल वितरण गरेका छन् ।चिसो मौषम शुरु भएसँगै गाउँपालिका अध्यक्ष नन्द बहादुर सिंहले आफ्नो ब्यक्तिगत लगानीमा कैदीहरुलाई सहयोग गरेका हुन । सिंहले अन्य ब्यक्तिहरुले फलफुल तरकारी, चामल, खसी वितरण गरेपनी आपूले चिसो मौषममा कैदीहरुको पीडालाई मध्यनजर गदै सिरक डस्ना वितरण गरेको बताएका छन् । बन्दीगृहमा रहेका कैदीहरुको पीडा सुनि नसक्नु को छ ।

ज्युँदै भएर पनि मरेको लाश सरह जिवन विताउन परिरहेको बताएका छन् । कैदी मान सार्कीले बन्दीगृहमा साढे आठ बर्ष विताए । घरपरिवारको पीडा आफ्ना सारा सपना सवै भङ्ग भए । उनले भने, ‘यो जुनिमा मेरा सपनाहरु अधुरा रहेपनी अक्रो जन्म पाएँ भने सवै सपना पुरा गर्छु ।’ आँखा भरी आँशुका ढिका खसाल्दै अध्यक्ष नन्द वहादुर सिंहलाई धन्यवाद दिए । मान मात्रै हैनन् डिल्लीप्रसाद कोईरालाको पनि पीडा उस्तै छ ।उनले भने, ‘आफ्नो मताधिकारसमेत प्रयोग गर्न पाएका छैनाँै, जनप्रतिनिधी आएर यसरी सामानहरु वितरण गर्दा एकातिर मन खुशी छ, अर्कातिर आफ्नो मताधिकार प्रयोग गर्न नपाउदा दःुख लागेको छ ।’ बन्दीगृहमा रहेकी धनकला विकलाई श्रीमानको हत्या गरेको अरोपमा अदालतले २० वर्ष जेल सजाय सुनायो । उनका ३ वर्ष जेलमा वितिसके । तर, उनले आफ्नो श्रीमानको हत्या आफुले नगरेको भनेर बयान दिए पनि कसैले उनको गुनासो सुनेनन् ।

आँखा भरी आँसुका थोपा टिलपिल गर्दै अव १७ वर्ष जेल सजाय भोगेर गएभने बास्तविक अपराधी पत्ता लगाउने र कार्बाहीको माग गर्ने बताएकी छन् । सवै घरपरिवारसँगै बसेर चाडपर्व मनाउने रहर भए पनि यो जिवन जेल भित्रै वित्छ । उनले अर्को जुनी पुनः जन्म लिएँ भने आफन्तसँग रमाउँछु भन्दै धनकला धर्किएर रोइन् । सिरक डस्ना वितरण कार्यक्रममा जिल्लावासी सवैलाई भेट्न पाउँदा बन्दीगृहका कैदीहरुले केही आशा गरेका छन् । गाउँपालिका अध्यक्ष सिंहले आफ्नो जन्मउत्सवमा कैदी बन्दीहरुलाई पुन सहयोग गर्ने बताए । प्रधानमन्त्री केपी शर्मा वलीलाई कैदी हेमन्त शाहीले मृगौला प्रत्यारोपण गर्ने बताएका छन् । सरकार समक्ष यो कुरा सवैले पुर्याउन समेत हेमन्त शाहीले अनुरोध गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *