फुकोट हाइड्रोपावर जलविद्युत् आयोजनाको डिपिआर निर्माणका लागि स्थलगत अनुगमन

उर्जा जलस्रोत तथा सीचाई मन्त्री बर्षमान पुनले अव कालीकोट अन्धकार नभएर उज्याले कालीकोट बन्ने बताउनु भयो । कालीकोटका जनताले अव अन्धकारवाट मुक्त भएर प्रतेक घरमा उज्यालोको दियो बल्ने बताउनु भयो । फुकोट कर्णाली हाइड्रोपावर प्रभावित क्षेत्रका जनसमुदायसँग मन्त्री भेटघाट कार्यक्रममा आउनु भएका मन्त्री पुनले यस्तो बताउनु भयको हो ।रास्कोट नगरपालीकाको सान्तीघाटमा भएको कार्यक्रममा वोल्दै मन्त्री पुनले अव कालीकोटको समृद्धी फुकोट कर्णाली हाइड्रोपावरले दिने बताउनु भयो । उहाँले प्रभावित क्षेत्रका नागरीकहरुलाई सहि ढंगले मुअव्जा दिएर फुकोट कर्णाली हाइड्रोपावर निर्माण तत्काल सुचारु गर्न आग्रह गर्नुभयो । प्रभावित क्षेत्रका जग्गाधनीलाई सहि तरिकाले मुअव्जा वितरण गर्ने र प्रभावित क्षेत्रका नागरिकहरुले हाइड्रोपावर निर्माणका लागि सहयोग गर्न पनि आग्रह गर्नुभयको छ । मन्त्री पुनले यो हाइड्रोपावर निर्माण भएपछि कालीकोटका मात्र नभएर कर्णाली प्रदेसका प्रतेक घरमा विजुली बत्ती बल्ने बताउनु भयो । यसले कर्णाली प्रदेसको मात्र नभएर देसको समृद्धीमा समेत ठुलो योगदान गर्ने बताउनु भयो ।

फुकोट कर्णाली हाइड्रोपावर निर्माण गर्नका लागि कालीकोटका आम नागरिकहरुले सहयोग गर्न र कालीकोटको समृद्धीको ढोका खोल्नका लागी पनि तत्पर हुनु पर्ने बताउनु भयो । उहाँले हाइड्रोपावर निर्माण भएपछि यसको सेयर लगानी वाट नै कालीकोटका जनता गरिवको पींजडा वाट उम्कने बताउनु भयो । गरिवको पींजडामा वाधीयका कालीकोटका जनता अव यो हाइड्रोपावरको सेयर लागानीवाट वाहीर निस्कने दावि गर्नुभयो ।कार्यक्रमका विषेस अतीथी कर्णाली प्रदेसका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेसकये आर्थीक बृद्धीदर ६ प्रतीशतले बढ्दै गएको बताउनु भयो । कर्णालीको विकास र समृद्धीका लागि काठमाडौँ बसेर नहुने बताउदै कर्णालीको विकास र समृद्धीको लागि कर्णालीको पाखा पखेराको सुनलाई ब्यबस्थीत गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, अव कर्णाली षसी गरिविको चपेटामा पर्नु पर्ने दिनको अन्त्य भएको छ । लाल्टीन वालेर वस्ने दिनको पनि अन्त्य हुनेछ ।

फुकोट कर्णाली हाइड्रोपावर निर्माण सम्पन्न भए लगत्तै कालीकोट लगाएत कर्णाली प्रदेसका हरेक नागरिकहरुको घर झीलीमील्ली हुने बताउनु भयो । नदीको कीनारामा लगानी गर्ने लगानी कर्ताहरुलाई कर्णाली प्रदेस सरकारले सम्मान गर्ने मुख्यमन्त्री शाहीले बताउनु भयो । फुकोट कर्णाली हाइड्रोपावर निर्माण गर्नकय लागि कर्णाली प्रदेस सरकयरले आवस्यक सहयोग गर्न तयार रहेको बताउदै निर्माण कार्य समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो ।

रास्कोट नगरपालीकाका नगरप्रमुख कासीचन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतीनीधी सभा सदस्य माननीय दुर्ग बहादु रावत, धुब्र विक्रम शाही, रास्ट्रीय सभा सदस्य जिवन बुढा, नरपति सुनार, प्रदेस सभा सदस्य कुर्मराज शाही,शुसीला शाही, जिल्ला समन्वय समिति प्रमुख अनीपाल शाही ,विधुत उत्पादन कम्पनिका अध्यक्ष, प्रबन्धक , नेकपाका जिल्ला अध्यक्ष धनजित शाही, नेपाली काग्रेंसका जिल्ला पार्टी सभापति हर्ष बहादुर बम, नेकपाका जिल्ला सचिव नगेन्द्र शाही नेस्नल, सान्नीत्रीवेणी गाउँपालीका अध्यक्ष डम्बर बहादुर शाही डीवि, रास्कोट नगरपालीका उपप्रमुख मिम्सरा बम शाही, प्रमुख जिल्ला अधीकारी कृष्णचन्द्र गौतम डीएसपी श्यामवावु ओलीया लगायतका जनप्रतीनीधी राजनीतीक दल संचारकर्मी सुरक्षा निकायको उपस्थीती रहेको थीयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *