कसैको चरित्र हत्या गर्नु महा अपराध भएको अध्यक्ष सेजुवाल

कालीकोट, पचालझरना गाउापालीका अध्यक्षले आफुसँग जोडेर केहि संचारमाध्याममा आएको बिषयलाई लिएर अध्यक्ष सेजुवालले त्यसलाई बकवासको संज्ञा दिएका छन । आफनो नाम जोडेर अपराधी उम्काउन किर्ते कागज गराएको भनि आएको समाचारको बिषयलाई अध्यक्ष सेजुवालले बकबासको संज्ञा दिएका हुन ।अध्यक्ष सेजुवालले ७२ सालमा जनता माध्यमिक बिद्यालय खार्दुमा कार्यरत शिक्षक पलाता गाउँपालिका वडा नं ९ निवासि जयलाल न्यौपानेले हिनामिना गरेको भनिएको पैसा गाउँपालिका अध्यक्षको हैसियतले आफु रोहवरमा बसेको र बिद्यालय ब्यवस्थापन समितिलाई उक्त रकम किस्ता(किस्तामा तिर्ने मौखिक सहमतिका आधारमा कागज भएको कुरा सत्य भएको तर बाहिर ल्याइएको कागज र अध्यक्षको सहि किर्ते भएको बताए ।

केहि मिडियामा जयलाल न्यौपानेबाट पैसा खाएर अपराधीलाई बचाउन लागेको भन्ने समाचारको घोर भ्रत्सर्ना गर्दै अध्यक्ष सेजुवालले के(कति रकम खाएको हो त्यसको प्रमाण दिन समेत चुनौति दिएका छन । पुर्वाग्रही ढंगले आकलनका भरमा कसैको चरित्र हत्या गर्नु महा अपराध भएको उनको भनाई छ । उनले आफुले नै यो बिषयमा सबैभन्दा पहिले अख्तियारमा मुद्धा दायर गरेको भन्दै अपराधीलाई बचाउन लागेको भन्नु लज्जास्पद विषय भएको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

निज न्यौपानेले अनियमितता गरिएको भनिएको बिद्यालयको १७ लाख रकम किस्तामा फिर्ता गर्ने मौखीक सहमतिका आधारमा कागज गरिएको बताए । न्यौपानेले ८ लाख ५० हजार रकम जम्मा गरीसकेको प्रेस बिज्ञप्तीमा उल्लेख गरेको छ । तिर्नुपर्ने बाँकी रकमको बिषयमा आफुले पटक पटक न्यौपानेलाई आग्रह गरेको समेत अध्यक्ष सेजुवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *