पलाँता गाउँपालिकामा जापानी झोला वितरण शैक्षिक गुणस्तर सुधार गर्न लाई निशुल्क शिक्षा घोषणा

कालिकोट जिल्लाको पलाता गाउँपालिकाले गाउँपालिकामा रहेका विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि जापानी झोला वितरण गरेको छ । हातमा किताव बोकेर विद्यालय जानुपर्ने बालबालिको दिन चर्या अव फेरीने भएको हो । गाउँपालिकाले युमि नेपाल जापानको सहयोगमा विद्यार्थीहरुको सहजताका लागि झोला वितरण गरेको छ । हातमा किताव बोकेर विद्यालय जाने बालबालिकाकाहरुका किताव च्यातिने,हराउने डर कम हुने भएको छ ।गाउँपालिकाले उपलव्ध गराएका किताव राख्नका लागि झोला समेत किन्न मुुस्किल हुने विद्यार्थीहरुले झोला पाउदा खुसी व्यक्त गरेका छन् । युमि नेपालले कर्णाली प्रदेशका बालबालिकाको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि ४ वटा स्थानीय तह छनोट गरेको हो । जसमा कालीकोटको पलाता गाउँपालिका दैलेखको विन्दाशैनि नगरपालिका जाजरकोटको भेरीगंगा गाउँपालिका सल्यानको सारदा गाउँपालिका छनोट गरेको रुपान्तरण नेपालका अध्यक्ष मोहन बहादुर शाहीले बताउनुभयो ।

उहाँले आफुले फेसबुकमा धेरैको स्टाटस नकारात्मक देखेकाले युमि नेपाल जापानले नै सम्पूण लगानी गरेको स्पष्ट पानुभयो । युमि नेपाल जापानका प्रतिनिधि।डा बाबुराम निरौलाले मायाको चिनो भएकाले सबैले जतन गरि राख्न आग्रह गनूृ समेत गनु्ृभएको छ । उहाँले विद्यार्थीका किताव कापी च्यातीनबाट बचाउनका लागि बालवालिकालाइ नियमित विद्यालय जान प्रोत्साहन गर्नका लागि सहयोग गरेको बताउनु भएको छ ।कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले विद्यार्थीको झोलामात्र परिवर्तन गर्न नलागेको बताउनुभयो । उहाँले हामीले शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि विद्यार्थीको चोला परिर्वतन तिर लागेका र्छौ । साथै बमले पलाता गाउँपालिकालाई आमुल परिर्वतनको एजेन्डा लिएर पलाता गाउँपालिका अगाडि बढिरहेको बताए र आगामी दिनमा विकासका दृष्टिकोणले कुनै कमि हुन नदिने बताउनु भएको छ । बमले नकारात्मक टिकाटिप्पणीले पलाता सरकारलाई थप हौसला दिएकाले अगाडि बढ्न सहज भएको पनी कार्यक्रममा बताउनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि समते रहनु भएका प्रतिनिधि सभा सदस्य दुर्ग वहादुर रावतले हिजोको पलाँता भन्दा आजको पलाँता विकासका हिसावले परिवर्तन भएको पाए, राजनीतिक दलमा एकमत हुन सकेन र विकास भएन भने साझा दुस्मनी हुनुका साथै विकास निर्माणका एजेण्डामा कमि आउने भन्दै सवै दलहरु मिलि विकास गर्नु बताउनु भएको छ ।

यस्तै कार्यक्रममा वोल्दै नेकपाका कर्णाली प्रदेश सदस्य विस्नु बहादुर विकले समृद्ध नेपालको अभियानमा हामी एक ठाउँमा हुन आवश्यक रहेको बताउदै भौगोलीक अवस्थालाई चिर्दै अगाडि जानुपर्ने र सिंगो पालिकालाई विकास निर्माणमा अग्रसर बनाउन समेत आग्रह गर्नुभएको छ । रुपान्तरण नेपालको आयोजना तथा पलाँता गाउँपालिका र युमि नेपाल जापानको समन्वयमा कार्यक्रम भएको हो । उक्त कार्यक्रमको जिल्ला स्थित सामुदायिक रेडियोहरुबाट दिनभर प्रत्यक्ष प्रसारण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *