परिचयात्मक तथा बार्षिक कार्यक्रम र वजेट प्रस्तुत कार्यक्रम रास्कोटमा

जिल्लाको रास्कोट नगरपालीकामा प्लान इन्टरनेस्नल नेपालको सहयोग, सादा नेपाल, हुरुन्डेक नेपाल र कीर्डाक नेपालको संयूक्त आयोजना, रास्कोट नगरपालीकाको समन्वयमा परियोजना परिचयात्मक तथा वार्सिक कार्यक्रम र वजेट प्रश्तुत कार्यक्रम सम्पन्न भएको छ । रास्कोट नगरपालीका उपप्रमुख मिम्सरा बम शाहीको अध्यक्षतामा भएको परियोजना परिचयात्मक तथा वार्सिक कार्यक्रम र वजेट प्रश्तुत कार्यक्रममा ९ वटै वडाका वडा अध्यक्ष, कार्यपालीका सदस्य हिमचुला बराल , न्यायीक समिति, विषयगत साखाका प्रमुखहरु, सादा नेपालका कार्यवहाक उपाध्यक्ष लिलाराज बम,सादा नेपालका कार्यकारि निर्देशक अशोक नाथ योगी, हुरुन्डेक नेपालका उपाध्यक्ष विरेन्द्र बहादुर बुढा, जेस्ठ नागरिक संजालका अध्यक्ष पदम नाथ योगी, पत्रकार महासंघ कालीकोटका उपाअध्यक्ष नमराज योगी वाल संजाल लगायतको उपस्थीतीमा कार्यक्रम समपन्न सम्पन्न भएको हो ।

कार्यक्रममा सादा नेपालका कार्यकारि निर्देशक अशोक नाथ योगी कार्यवहाक अध्यक्ष लिलाराज बम, हुरुन्डेक नेपालका उपाध्यक्ष विरेन्द्र बहादुर बुढा, सादा नेपालका कार्यक्रम संयोजक दलसींह कुमाल, सुपरभाइजर पदम विस्ट, पंख बटाला र टिका शाहीले परियोजनाको वारेमा कार्यक्रमको लक्ष्य उद्देस्य र आगामी दिनमा गर्ने कामहरुको वारेमा प्रस्तुतीकरण गर्नुभएको थीयो ।कार्यक्रममा बोल्ने बक्ताले महिलाको हक हितका लागी र वाल वालीकाको हक हितका लागी क्षमता विकास, साक्षरता जस्ता कुरामा निम्न आयश्रोत भएका वस्तीमा यो कार्यक्रम लागु गर्नुपर्ने बताएका छन । गरिव , अपांग, दलीत पिछडीयका बर्गमय यो कार्यक्रम प्रभावकारी हुने बताएका छन ।रास्कोटको विकासक लागी वाहीरको सहयोग लिनका लागी नगरपालीकाले विभीन्न संस्थालाई संस्थागत गरेर लीयको वडा न ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता टक्क फर्सालले बताउनु भयो । यसमा पनि सादा नेपाल संस्थाले स्थानीय सरकार संचालन भए यता देखि विभीन्न विषयमा समन्वय गरेर सहयोग गरेको प्रती धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, महिला वाल वालीका यूवा यूवती स्रँग जोडेर कार्यक्रम संचालन हुने प्रयास भए तर यसलाई संस्थागत गर्न सकियको छैन । पलान इन्टरनेस्नल नेपालले वालवालीका महिला, वालविवाहका विषयमा सहयोग गर्ने कार्यक्रम गरे पस्चात रास्कयेट संघीयतामय भएको र अझै रास्कोटको समृद्धीको लागी सबैले हातेमालो गर्नुपर्ने बताउनु भयो ।

सादा नेपालका कार्यकारि निर्देशक अशोक नाथ योगीले अव हरेक क्षेत्रमा महिला र वालवालीका अग्रसर हुने वेला आएको बताउनु भयो । यो कार्यक्रमले वालविवाह रोक्न, गरिव, विपन्न वालवालीका, फरक क्षमता भएका वालवालीकालाई पढाइमा समेत सहयोग गर्ने बताउनु भयो । वाल अधीकार, महिला अधीकार लगायतका विषयमा कानुनमा भएको ब्यबस्थालाई ध्यान दिनु पर्ने बताउदै शिक्षामा गुणस्तरिय र नमुना रास्कोट वनाउनका लागी सादा नेपालले विभीन्न विषयमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि समन्वयलाई तिब्र रुपमा अगाडी बढाउने बताउनु भयो ।कार्यक्रमका अध्यक्ष समेत रहनुभएका उपप्रमुख मिम्सरा बम शाहीले रास्कोटमा वालवालीका र वालविवाहको डाटा स्वयमसेवकले फाइनल रुपमा ल्यायको बताउनु भयो । वालवालीका र समाज रुपान्तरणका लागी समाजका राम्रो बोलीचालीको भाषा संस्कार र शिक्षामा रुपान्तरण हुनु पर्ने बताउनु भयो । वालविवाहको कुरा सबै भन्दा वढि दलित बस्तीमा हुने तर उनीहरुको संरक्षण गर्ने ब्यक्तीको कमी हुने हुदा कार्यक्रमलाई दलीत बस्तीमा लक्षित गर्नुपर्ने शाहीले बताउनु भयो । कतीपय वालविवाहका घटनाहरु समाजमा नै मेलमीलापमा जाने हुदा वालविवाह दीन प्रतीदीन बढदै गएको र यसको रोकथामका लागी सबैले एकजुट हुनुपर्ने बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *