गाउँपालिका अध्यक्ष चौलागाईंको कमिसन धन्दा

 

 

कालिकोट। कालिकोटको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईको कमिसन धन्दा सार्वजनिक भएको छ । गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखि नै सेटिङमा कमिशन लिने गरेको रहस्य खुलेको हो । जसमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागअन्तरर्गत फिल्ड साहायक पदमा जागिर मिलार्इ दिन्छु भन्दै एक लाख घुस लिएको प्रमाण भेटिएको छ ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष चौलागाईले स्थानीय भुपेन्द्र तिमिल्सेनाबाट १ लाख रुपैयाँ घुस लिएका हुन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले विभिन्न स्थानीयतहमा ठुलो संख्यामा कर्मचारी माग गरेको थियो । फिल्ड सहायक पदमा नाम निकाल्छु भन्दै रकम उठाउने गरेका हुन् ।

यता गाउँपालिका अध्यक्ष चौलागाईले एक लाख सापटी लिएको बताएका छन् । नाम निकाल्न सकस भएपछि एक लाख फिर्ता दिने मौखिक सहमति भएको छ । एक लाख बराबरको घुस दिनेले व्याज मागेपछि ब्याज नदिएरै रकम फिर्ता गर्ने सुरमा अध्यक्ष चौलागाई छन् ।

फिल्ड सहायकका लागि शुभकालिका गाउँपालिकाका २ जना अन्तरर्वाताका लागि छनोटमा परेका थिए । भुपेन्द्र तिमिल्सेना र गोविचन्द्र तिमिल्सेना, अन्तरवार्ताका लागि छनोटमा परेपछि आफ्नो नाम निकाल्नका लागि १ लाख घुस दिएका भुपेन्द्रको नाम सफल नभएपछि अध्यक्ष चौलागाईसँगको फोन रेकर्ड बाहिरिएको थियो ।

फोन रेकडमा आफुले १ लाखलिएको तर नाम ननिक्लेपछि फिर्ता गर्ने अध्यक्ष चौलागाईले बताएका छन् । यता भुपेन्द्र तिमिल्सेनाले आफुले गाउँपालिका अध्यक्षलाई घुस भनेर एक लाख नदिएको बताएका छन् । तर उनले फोन रेकडमा भने आफुले नाम निकाल्दिने भन्दै रकम दिएको बताएका हुन् । उनको यी दुवै रेकड सुन्ने हो भने एक लाख भन्दा धेरै अन्यबाट आर्थिक चलखेल भएको अनुमान गर्न सकिन्छ ।

गाउँपालिका अध्यक्षको यो हर्कतले नेकपा शुभकालिकाका स्थानीय नेता आक्रोसित बनेका छन् । सरकारको कानुन तोड्ने चौलागाईंलार्ई पार्टीबाट पनि निलम्वन गरिनुपर्ने चौतर्फी आवाज उठेको छ । यस्तै अन्य योजनामा पनि कमिसन उठाउने गरेको स्रोतले बताएको छ । उनले पैसाको वार्गेनिङ गरेका अन्य प्रमाण पनि भेटिएको छ ।

राजधानी बाट सभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *