शुभकालिका वडा नं ३ भर्तामा स्थानीय अभिभावकहरुले बालबालिकालाई हिंसा नगर्ने प्रतिबद्धता

कालिबकोट जिल्ला शुभकालिका गाउँपालिका वडा नं३ को भर्तामा स्थानीय अभिभावकहरुले बालबालिकालाई हिंसा नगर्ने प्रतिबद्धता जनाएका छन् । हिंसा रहित अभिभावकत्व सम्बन्धी तीन महिने कक्षा सञ्चालन गरिएको थियो । यहाँका अभिभावकहरुले एउटै स्वरमा सबै अभिभावकले ‘हामी बालबालिका माथि कुनै पनि हिंसा गर्दैनौ र गर्न पनि दिदैनौ’ भन्द्र प्रतिवद्वता जनाए । शुभकालिका गाउपालिका साझेदारीमा किर्डाक नेपालर सेभ द चिल्ड्रेनको सहयोगमा उक्त कक्षाहरु सञ्चालन गरिएको हो ।कक्षा ९ ओटा स्थानमा सँचालन गरेका थियो । बालबालीका ६५० जना ले कक्षा अभिभाभबक ३५६ जना प्रप्ता गरेको हुन । बाल अधिकार, बाल विकास, सकारात्मक अभिभावकत्व, लैङ्गिकता तथा भेदभाव विहीनता रबालबालिका माथि हुनसक्ने सबै प्रकारका हानिहरुबाट सुरक्षित गर्न अभिभावकको बुझाईमा बृद्धि गर्ने उद्धेश्यले सञ्चालित कक्षासमापन कार्यक्रममा अभिभावकले बालबालिकालाई हिसा नगर्ने प्रतिवद्धता गरेका छन ।

६ देखि १७ वर्ष उमेर समूहका बालबालिका र उनीहरुका अभिभावकलाई छुट्टा छुट्टै कक्षा सञ्चालन गरिएको थियो । परिवारले देख्ने सपना, सुरक्षित रहने अधिकार, सकारात्मक अभिभावकत्वका लक्ष्यहरु, बालबालिकालाई भावनात्मक स्नेह, बालबालिकाको विचार र भावनासहितको बुझाई, सम्मानपूर्ण सञ्चार र सकारात्मक सम्बन्ध लगायतका कक्षा अभिभावकको लागि सञ्चालन गरिएको थियो भने एक अर्कालाई चिन्ने, मेरो जिवन, हाम्रो समुदाय, बालबालिकाका आवश्यकता र अधिकार, दुव्र्यवहार, राम्रो छुवाई नराम्रो छुवाई, सञ्चार तथा समस्या समाधान र मित्रता लगायतका कक्षाहरु उमेर समूह अनुसार बालबालिकाका लागि छलफल गरिएको थियो ।

वडा नं ३ का अध्यक्ष धनराजशाहीबालबालिका माथि हुने कुनै पनि प्रकारका हिंसाहरु सह्य नहुने बताए । स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिका आवश्यकताहरुलाई प्राथमिकतामा राख्ने गरिएको बताउदै उनले भने, ‘जो सुकै बालबालिका हुन, गरिबीमै जन्मने र गरिबीमै मृत्यु हुने परम्पराको अन्त्य हुन आवश्यक छ ।’ ‘जहाँ शिक्षाको अभाव हुन्छ त्यहाँ गरिबी बढ्दै जाने र उसको अन्त्य पनि गरिबीमै हुने भएकाले हरेक अभिभावकले आफ्ना सन्ततिलाई राम्रो शिक्षा दिनुपर्छ,’उनले भने । ‘हिंसा रहित अभिभावकत्व सम्बन्धी कक्षाले हरेक अभिभावकको बालबालिका प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सफल उनले बताए । ‘बालबालिकाको संरक्षण, सहभागिता, लैङ्गिक समानता तथा भेदभाव विहीनताको प्रवद्र्धन गर्न बालबालिका र उनीहरुका अभिभावक परिवर्तनका संवाहकका रूपमा सशक्त भई अभिभावकले बालबालिकालाई गर्ने व्यवहारमा सुधार गर्न सहयोग पुगेको किर्डाक नेपाल, कालिकोट का परियोजकसंयोजक प्रकाश शाही बताए ।

भौतिक विकास गर्न जति सजिलो छ सामाजिक विकास गर्न त्यति सजिलो नभएको शाहीको भनाई छ । ‘समुदाय वा परिवारमा राम्रो व्यक्ति जन्माउन एउटा पुस्ता लाग्ने गर्छ, तर हाम्रा भौतिक संरचनाहरु केही वर्ष भित्रै निर्माण गर्न सक्छौं, हाम्रा आवश्यकताहरु पुरा गर्न ऋण लिन सकिन्छ तर सामाजिक पुजीँ निर्माण ऋण लिएर गर्न सकिदैन्, उनले भने ‘यो सामाजिक नेतृत्व र गुणस्तरीय शिक्षाबाट प्राप्त गर्न सकिने भएको हुदाँ हरेक अभिभावकले आफ्ना बालबालिकालाई उचित शिक्षाका साथै मायाममता र स्नेहमा हुर्काउनु पर्छ ।’‘तिमी असल आमा देऊ, म तिमीलाई असल राष्ट्र दिन्छु’ भन्ने सम्राट नेपोलिएन बोनापार्टको उदाहरण दिदै बालबालिकाको लागि पहिलो पाठशाला उसको घर भएकाले घरबाटै बालबालिकालाई राम्रो संस्कार सिकाउदै जानु पर्ने उनको भनाई थियो ।समापन कार्यक्रममा बालबालिकाले ‘फेरी कहाँ आउछँ र घुमेर, यो बालापनको उमेर बालपनको उमेर’ बोलको गित सुनाउदा खुसिले अधिकाँस अभिभावकका आखाँ रसाएका थिए ।
हिंसारहितअभिभावकत्वका साझा दृष्टिकोणको लक्ष्य
हिंसारहितअभिभावकत्वका साझा दृष्टिकोणको लक्ष्यभनेको बालबालिका र आमाबाबु÷अभिभावकवा हेरचाहकर्ता बीचमा घनिष्ट सम्बन्धकायमगर्न सघाउनु हो । ताकिउहाँहरूले आइपरेका समस्याहरूआपसमामिलेरसमाधानगर्न सक्नुहोस् र बालबालिकाले घरपरिवारमाशारीरिक तथाअपमानजन्य सजायभोग्नु नपरोस् । यसको अर्थ परिवारमाबाबु, आमा, हेरचाहकर्ता, समुदायका सदस्यतथाबालबालिकासँगएकसाथमिलेर काम गरी विद्यमान लैङ्गिक मूल्यमान्यता, शक्ति सम्बन्ध र घरपरिवारमाद्वन्द्व बढाउने खालकाअभ्यासलाई बदल्नुका साथै सरकारसँग मिलेर बालबालिकाको संरक्षणलाई बढावा दिने पद्धति तथा संयन्त्रहरूको सुदृढीकरणमा सघाउनु हो । हामी सबैलाई थाहा भएकै कुरा हो, अभिभावकत्व भनेको असाध्यै सम्मान जनक र कठिन कार्य दुवै हो । र, यी सत्रहरूले आमाबाबु÷अभिभावकएवं हेरचाहकर्ता र बालबालिकालाई आपसमा मिलेर घनिष्ट सम्बन्ध बनाउन सीप तथा विधिहरू दिनेछन् ।
हिंसारहितअभिभावकत्वका सम्बन्धमा सकारात्मकअभिभावकत्व सत्रको विषयवस्तुका उद्देश्यहरू
बाबु, आमार अन्य हेरचाहकर्तालाई सकारात्मकअभिभावकत्वसम्बन्धी सिद्धान्त तथाविधिहरू प्रदानगर्नु,
बाबु, आमा र अन्य हेरचाहकर्तालाई तनावव्यवस्थापन रणनीतिको विकास गर्न तथाआफ्नै हेरविचारका लागिउपायहरूको खोजीगर्नु,
बालबालिकाको अधिकार, बालविकास, सकारात्मकअभिभावकत्व, लैङ्गिकतातथा भेदभावविहीनता, बालबालिकामाथिहुनसक्ने हानि वा जोखिम, तथा कुनै सहयोगको खाँचो भएमाकहाँ र कसरी सहयोग लिने भन्नेबारेमाबाबु, आमा र अन्य हेरचाहकर्ताको बुझाइ बढाउनु,
शक्ति र नियन्त्रणमा आधारित सम्बन्धलाई आपसी सहयोग, सञ्चार, एक–अर्कालाई सुन्ने एवं आपसी सम्मानमाआधारित सम्बन्धमा रूपान्तरण गर्न बाबु, आमा र अन्य हेरचाहकर्तालाई सघाउनु तथाउहाँहरूलाई आफ्ना छोराछोरीसँगको सम्बन्धलाई दरिलो बनाउनमदतगर्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *