विपद् व्यवस्थापन न्यूनीकरणमा स्थानिय तहका प्रमुखहरु प्रतिबद्ध

कालिकोट जिल्ला विपदको हिसाबमा पहिरोको उच्च जोखिम रहेको पाइएको छ । जिल्ला विपद व्यवस्थापन समितिले सोमबार सदरमुकाम मान्ममा एक कार्यक्रमको आयोजना गरि विपद्का हिसाबमा कालिकोट पहिरो र ढुंगा खस्ने उच्च रहेको जनाएको छ । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्यालको अध्यक्षतामा वैठक बसि कालिकोट जिल्ला पहिरो र ढुंगा खस्ने उच्च जोखिममा रहेको जानकारी गराएका हुन् ।

जिल्लाका ९ वटै स्थानिय तहका प्रमुखहरुको प्रमुखहरुको सहभागितामा सो कुराको जानकारी गराइको हो । भौगोलिक हिसाबमा अरु जिल्लाहरु भन्दा कालिकोट निकै भिरालो र बलौटे माटो भएको हुनाले पहिरो र ढुंगा खस्ने मुख्य समस्या रहेको प्रमुख जिल्ला अधिकारि पौड्यालले बताए । विपद्को हिसाबमा अहिलेसम्म कालिकोटमा पहिरोले धेरैको ज्यान गएको पुष्टि भएको बताए ।उनले भने, पहिरोपछि अगालागी पनि बढी हुनेगरेको जानकारी दिए । केही समय पहिले कालिकोटको तिलागुफा नगरपालिका टाकुल्लामा वस्तिनै पहिरोले लिएको थियो । त्यसअघि पनि धेरै घटनाहरु पहिरोलेनै घटाएको तथ्यांक रहेको बताए । पहिरो पछि अर्को जोखिम अगालागी रहेको छ । यँहाका घरहरु ४० प्रतिशत भन्दा बढी घरले छोएका घरहरु हुनाले पनि दोस्रोमा आगलागी रहेको जानकारी दिए ।

विपद् व्यवस्थापन न्यूनीकरणमा स्थानिय तहका प्रमुखहरु प्रतिबद्ध
विपद् व्यवस्थापन न्युनिकरणमा कालिकोटका स्थानिय तहका जनप्रतिनिधिहरु प्रतिबद्ध भएका छन । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन एैन २०७४ मा हरेक स्थानिय तहमा विपद् व्यवस्थापन समितिको गठन गर्नुपर्ने भएपनि अहिलेसम्म समिति गठन हुन नसकेको पाइएको छ । एैनमा प्रष्ट भएपनि अहिलेसम्म कुनै समिति, विपद् जोखिम न्युनीकरणका सामा्रगीहरु, विपद् जोखिम न्युनीकरण कोष स्थापना नगरिएको, विपद्मा आवश्यक पर्ने समा्रगीहरुको भण्डारण नगरिएको स्थानिय तहका प्रमुखहरुले बताएका छन् । अवदेखि विपद् व्यवस्थापन न्युनिकरणमा गर्नु पर्ने सबै विधिहरु कानुन अनुसार, अक्षरंश पालना गर्ने प्रतिबद्धता गरेका छन् ।

उनीहरुले,जलवायु परिर्वतन र विपदले विषेश गरि अतिवृष्टी अनावृष्टी, खण्डवृष्टी, सुख्खा खडेरी, बाढी पहिरोको विषयमा कानुनमा भए अनुसारको पालना गर्ने, स्थानिय तहमा विपद् कोष स्थापना गर्ने, विपद् व्यवस्थापन समिति गठन गर्ने, सुख्खा ठाँउमा वृक्षारोपण गरी पहिरो नियन्त्रणका प्रयासको थालनी गर्ने, जोखिम क्षेत्रमा पुर्व सुचना अनिवार्य गर्ने, स्थानिय तहका आ आफनो जोखिम क्षेत्रको पहिचान गरी, रोकाथामका प्रयास गर्ने, विपद् व्यवस्थापनका क्षेत्रमा मुख्य कुरा सडक निर्माणमा वातावरणीय मुल्यांकन गरी सडक निर्माण गर्ने प्रतिबद्धता गरेका छन् । कार्यक्रममा पालाता गाउपालिका अध्यक्ष लक्ष्मणवहादुर बम, खाँडाचक्र नगरपालिका उपप्रमुख विजया बिस्ट, साँनीत्रिवेणी गाउँपालिका उपाध्यक्ष होईजा वुढा गिरी लगाएका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *