नेपाल मजदुर किसान पार्टीको कालिकोटमा बिरोध सभा

नेपाल मजदुर किसान पार्टी कालिकोटले नेपाली सिमा मिचिएका बिषयमा कालीकोटमा बिरोध सभा गरेको छ । कालो ब्यानर सहित जिल्लामा आयोजना गरिएको बिरोध सभामा वोल्दै नेपाल मजदुर किसान पार्टीका केन्दीय सदस्य नन्दवहादुर शाहीले सत्तामा पुग्नका लागि भारतको अगाडी लम्पसार पर्ने नेपाली सत्ताधारी पार्टीका कारणले नेपाली भुमि लुटिएको वताउनुभयो् । उहाँले दाचुर्लाको लिपु लेख भारतले आफ्नो राजनितिक नक्सामा राखेको बिषयलाई सरकारले कडा आपती जनाउनु पर्नेमा मौन जस्तै रहदा भारतीय हस्तक्षेप झन वड्ने वताउनुभयो । जिल्ला अध्यक्ष नवराज कोइरालाले क्रमिक रुपमा नेपाली भुमिमाथिको भारतीय गिद्धे नजर अहिले आएर उदाग्गो रुपमा देखिएको वताउनुभयो । उहाले नेपाली भुमि माथिको हस्तक्षप नेपाल मजदुर किसान पार्टीलाई सैय नभएको समेत वताउनुभयो ।

नेपाली भुमि माथिको दलाली हाम्रँे लागी सहनै नसक्ने भएकाले त्यसका बिरुद्ध आन्दोलन जारी राखने वताउनुभयो । गाउँ गाउँ वाट समर्थकलाई भेला पारेर नेपाल मजदुर किसान पार्टीले नेपाली भुमि जोगाउन सबै जुट्नु पर्ने सार्वजनिक अपिल समेत गरेको छ । जिल्ला सचिव खडकराज शाहीले भारतीय दादा गिरीका सामुदा सत्तामा रहेका पार्टी काँतर भएको वताउनुभयो । उहाँले वार्ता छलफलवाट आफ्नो भुमि फिर्ता गराउनुको साटो कुटनितिक पहल भनेर हिजो देखि नै सत्तामा रहेका सत्ता सन्चालककै कम्जोरीले नेपालीहरुले हामी ने्पाली हौ भनेर भन्न नपाएको वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *