नेकपाको सचिवालय समितिको घोषणा

नेपाल कम्युनिष्ट पार्टी नेकपा कालिकोटले सचिवालय समस्याहरुको टुग्गो लगाएको छ । आज पार्टी कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा नेकपाले २१ जना पुर्व एमाले वाट र २४ जना पुर्व माओबादी पार्टीवाट समेटेर ४५ सदस्यि जिल्लाको सचिवालय समितिको गठन गरी घोषणा गरेको हो । पार्टी अध्यक्ष धनजित शाही आर्दशले जिल्ला पार्टी सचिवालयमा हुनेहरुको नाम सार्वजनिक गदै वरिस्टताका आधारमा नेताहरुलाई जिम्मेवारी दिएको वताउनुभयो । उहाँले जिल्ला सल्लाहकार समितिको संयोजकमा धिरवहादुर बम र सचिवमा कालिवहादुर महतारालाई चयन गरेको वताउनुभयो । यस्तै निर्वाचन कमिटिको अध्यक्ष क निर्वाचन क्षेत्रमा कमल वहादुर शाही अध्यक्ष र सर्पराज सिहं सचिव हुनु भएको छ । यस्तै ख निर्वाचन क्षेत्रमा जगत वहादुर शाही अध्यक्ष र पार्वती सिहंलाई सचिवको जिम्मेवारी दिएको घोषणा गर्नुभयो ।

पार्टी सचिव नगेन्द्र शाही नेस्नलले एकताका वाँकी बिषयहरु जस्तै महावैको गाउँ कमिटिको पनि टुग्गो लागेको जानकारी दिदै अरु एकताका काम पनि क्रमिक रुपमा सकिदै जाने र वताउनुभयो । उहाँले कार्यालय टिमको पनि केही दिनमा टुग्गो लाग्ने वताउनुभयो । नेकपाका नेता धिरवहादुर बलमे प्राबिधिक रुपमा भएपनि न्याय पाएको देखिएको छ । लामो समय देखि नेकपा एमालेको गनिनिे नेताका रुपमा परिचित बम जिल्ला समितिमा पनि नपरेपछि चौतर्फी उहाँको वारेमा टिका टिपणी भएको थियो । अहलिे आएर नेकपाले जिल्ला सल्लाहकार समितिको संयोजकको जिम्मेवारीमा राखेको छ । यस्तै नेकपा बिप्लव समुह परित्याग गरी नेकपामा प्रवेश गर्नु भएका कालिवहादुर महतारालाई सल्लाहकारको सचिवको जिम्मेवारी दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *