नरहरिनाथमा खानेपानीको समस्या नहुने गाउँपालिका अध्यक्ष विष्टको भनाई । ३८२ खाने पानी धारा निमार्ण गरिने

कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नम्बर ९ मा ३८२ खाने पानी धारा निमार्ण गरिने भएको छ। गाउँपालिका र हेल्पटास नेपालको सहयोग तथा हुरूण्डेकको सहजीकरणमा उक्त धारा निमार्ण गरिने गापा अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिनुभएको छ । अध्यक्ष विष्टका अनुसार दुई करोड ४० लाखमा उक्त खाने पानी आयोजना सम्पन्न हुनेछ । एक करोड गाउँपालिका र एक करोड रुपैयाँ हेल्भेटासले खर्चने भएकोछ । ४० लाख रुपैयाँ बराबरको स्थानीयले श्रमदान गर्नेछन् । नरहरीनाथ गाउपालीककाको वडा नम्बर ९ कै रानीरहडा मुहानको पानी ल्याईनेछ ।

गाउपालीका अध्यक्ष विष्टको अध्यक्षमा बसेको त्रिपक्षिय बैठकले वडाको बनघर, भाटगाउँ, गानेचौर र ठाटीकोट सम्म ३८२ धारा निमार्ण गर्ने सहमति गरेको छ । वर्षौंदेखि खाने पानीका लागि कष्ट व्यहोर्दै आएका नरहरीना गाउपालिका वडा नम्बर ९ घर–घरमा धारा निर्माण गर्ने । गाउँमा खानेपानीको सुविधा भएपछि दिदी– बहिनीको दैनिक जीवनमा सहजता हुने गाउपालीका अध्यक्ष धीर बहादुर बिष्टले बताए । उल्लेखित स्थानका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका थिए । उक्त आयोजनाबाट स्थानीय लाभाम्वित हुने नरहरीनाथ गाउपालीकाकोे विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *