महावै गाँउपालिकाको पादमघाटमा खुल्ला भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम ।।

कालिकोट जिल्लाको महावै गाँउपालिकाको पादमघाटमा खुल्ला भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरु सहितको पादमघाट मेला २०७६ सुरु भएको छ । समाज कल्याण युवा मञ्चको आयोजना, गाँउ खेलकुद विकास समितिको सह आयोजना तथा महाँवै  गाँँउपालिकाको सहयोगमा पादमघाट मेला २०७६ बुधबारदेखी सुरु भएको हो । समाज कल्याण युवा मञ्चका अध्यक्ष बखतबहादुर सिंहको अध्यक्षता, प्रतिनिधि सभा ससदस्य सांसद दुर्गबहादुर रावतको प्रमूख आतिथ्यता तथा महाँवै गाँउपालिका अध्यक्ष नन्दबहादुर सिंहको बिशेष आतिथ्यतामा एक औपचारीक कार्यक्रमका बीच पादमघाट मेलाको उद्घाटन गरिएको छ । कार्यक्रममा प्रमूख अतिथि सांसद दुर्गबहादुर रावतले जिल्लामा रहेका परम्परागत लोक संस्कृतिको विकास सँगै खेल क्षेत्रको विकासमा आफ्नो प्राथमिक्ता रहेको बताउनुभयो । उहाँले लोक संस्कृति र खेल क्षेत्रले नै राष्टको गरिमा बनाएको बताउदै यसको संरक्षण विकाससमा सबैको एक्यबद्धताको खाँचो रहेको बताउनुभयो । कार्यक्रममा बिशेष अतिथि महाँवै गाँँउपालिका अध्यक्ष नन्दबहादुर सिंहले गाँउपालिकाकोसमग्र विकास र समृद्धिका लागि आफु लागि परेको बताउनुभयो । उहाँले महाँवै गाँउपालिकालाई जिल्लाकै नमुना गाँउपालिका बनाउन सबैको सहयोगको खाँचो रहेको बताउदै रचनात्मक सुझाव र सहयोग गर्न अपिल गर्नुभयो । उहाँले महाँँवै गाँउपालिका बिकासको बाटोमा लम्कीरहेको बताउनुभययो । कार्यक्रममा नेकपाका नेता चित्रसिंह गाँँउलेले पादमघाट मेलालाई सव्य र भव्य रुपमा सम्पन्न गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुृभयो । उहाँले पादमघाट मेलाले महाँवै गाँउवालिकाको पहिचान कायम गरेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता मनराज शाहीले महाँवै गाँउपालिका अहिले पनि सडक र संचारका हिसावले दुर्गम क्षेत्रका रुपमा चिनिएको बताउदै यस समस्याको समाधानका लागि प्रतिनिधि सभा सदस्य दुुर्गबहादुर रावतको ध्यानकर्षण गराउनुभयो ।

उहाँले नागरिकले मत हाले जितेर गएका जनप्रतिनिधिहरुले शिक्षा, स्वास्थ्य, संचार र यातायत सेवा जस्ता आधारभुत सेवा सुविधाबाट बन्चित नागरिकहरुको आधारभुुत सेवा प्रदान गर्न पहल गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानिय सरकारले गाँउपालिकाको खेल क्षेत्रमा प्रयाप्त सहयोग गरी खेल क्षेत्रको विकासका लागि जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा महाँवै गाँउपालिका स्थित बिभिन्न पार्टीका नेताहरु, कलाकारहरु, खेलाडीहरु लगायत स्थानिय नागरिकहरुको व्यापक रुपमा सहभागी रहेको छ । बुधबारदेखी सुरुर भएको पादमघाट मेला आउने मंसिर १ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *