पत्रकार शर्माको नाममा रास्ट्रिय पुरस्कार स्थापना गर्ने ।।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द्र आचार्यले विगत द्धन्द्धकालमा मारीएका पत्रकार नवराज शर्माको नाममा रास्टिय पुरस्कार स्थापना गर्ने घोसणा गर्नुभयको छ । समाज परिवर्तन र रास्ट्रको हितको लागी कलम चलाउदा चलाउदै कर्णालीकै अग्रज पत्रकार शर्माले द्धन्द्धकालमा ज्यान गुमाएका शर्माको सम्झनामा पुरस्कार स्थापना गर्ने घोसणा गर्नुभएको हो । उहाँले पत्रकारहरुले नातावाद कुपावाद र राजनीतीकरण नगरि सत्य तथ्य र निस्पक्ष रुपमा समचार सम्प्रेसण गर्नुपर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ नेपाली जनता र नेपालको हितमा काम गरिरहेको बताउदै पत्रकारहरुको पेशागत सुरक्षाका लागि दृढका साथ आफु लागीपरेको बताउन् भयो । पुर्ब अध्यक्ष सुरेस आचार्यले पत्रकार अचारसंहिता हरेक संचारकर्मीको नैतीकतामा जोडीयको बताउनु भयो । उहाँले भन्नुभयो, पत्रकार समाजको शिक्षक हो । समाज वदल्ने र समाजका विकृती र नराम्रा कामको अन्त्य गर्ने पत्रकारीता क्षेत्र हो । उहाँले कोही पनि संचारकर्मीले पीत पत्रकारीता नगर्न समेत आग्रह गर्नुभयो । उहाँले पत्रकार आचारसंहीतालाई आफै वनायर पनि पालना गर्न सकिने हुँदा विभीन्न मिडीयाहरुले आचारसंहीता वनायर पालना गनुर्् पर्ने बताउनु भयो ।


संवादमा उपस्थिीत अतीथीहरुले कालीकोट जिल्लामा पत्रकारले विस्वस्निय काम गरेको बताएका छन । विभीन्न संचारक्षेत्र मार्फत कालीकोट जिल्लाको विकास र समुद्धीको लागी कलम चलाउने गरेको बताएका छन । उनीहरुले समचारमा पनि पत्रकारले केही अविस्वासीलो काम गरेको समेत बताएका छन । अघील्लो दिन डोजर आतंक भनेर लेख्ने पत्रकारले भोलीपल्ट डोजर मार्फत विकासको लहर भन्ने समचार आउने गरेको भन्दै असन्तुस्टी समेत जनायका छन ।
प्रेस काउन्सिल नेपालको आयोजना नेपाल पत्रकार महासंघ कालीकोटको आयोजनामा भएको पत्रकार आचारसंहिता संवाद र सार्वजनीक सुनुवाई कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द्र आचार्य, पुर्ब अध्यक्ष सुरेस अचार्य,प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य खिला बहादुर भण्डारी,प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नागरिक समाज, राजनितिक दल, पत्रकार लगायतको उपस्थिती रहेको थीयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *