स्वास्थ्य सेवा कार्यालय कालिकोट द्धारा आर्थिक वर्ष ७५÷ ७६ को वार्षिक समिक्षा प्रतिवेदन पत्रकार सम्मेलन गरि सार्वजनिक

स्वास्थ्य  सेवा  कार्यालय कालिकोटले आर्थिक वर्ष २०६५ ७६ को वार्षिक समिक्षा प्रतिवेदन पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका छन । जिल्ला सेवा स्वास्थ्य कार्यालयका निःस्वास्थ्य सेवा ब्यवस्थापक डाक्टर पुनेश्वर केसरिको अध्यक्षतामा भएको पत्रकार भेटभाटमा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन डा भिष्म पोखरेल, पत्रकार ,स्वास्थ्य कर्मि लगायतको सहभागितामा प्रतिवेदन सार्वजनिक गरिएको हो । भर्खरै मान्ममा सम्पन्न स्थानिय तहका प्रमुखहरुको सहभागितामा दुई दिने वार्षिक समिक्षा कार्याक्रममा उठेका सवालहरुको विषय र अहिले सम्मका भएका प्रगति,समस्या र चुनौतिका वारेमा जिल्ला जनस्वास्थ्य अधिकूत तथा सुचना अधिकारि कटक महतले प्रस्तुत गर्नु भएको हो ।

प्रतिवेदनमा ,पहिलेको भन्दा पछिल्लो समय जिल्ला सेवा स्वास्थ्य कार्यालयवाट दिने सेवा सुविधा फराकिलो हुदै गएको जानकाइएको छ ।जिल्लामा रहेका ८८ वटा स्वास्थ्य सेवा केन्दवाट दिइने सेवा सुस्त दुरुस्त हुदै गएको, प्रसुति गृहमा सुत्केरि गराउनेको सख्यामा वृद्धि भएको,पोषण सुधार हुदै गएको, बालवालिकाहरुमा नियमित खोप लगाउने गरेको , गत वर्ष भन्दा पछिल्लो वर्ष सुत्केरि हुनेको सख्यामा तिन सयले बिद्धी हुदै गइरहेको लगायतका प्रमुख उपलब्धीको रुपमा मानेको छ । यस्तै अझै स्वास्थ्य सेवा कार्यालय प्रभावकारि बनाउन ९ वटै स्थानिय तहका प्रमुखहरु संगको समिक्षाले केहि निर्यण छलफलमा आएको नाइएको छ ,समिक्षामा स्वास्थ्य संसथामा गुणस्तरियतामा जोड दिने, जिल्लामा ब्लड वैकको स्थापना गर्ने जिल्ला अस्पतालमा दरबन्दि अनुसारको डाक्टरको पदपुर्ति गर्ने, सुरक्षित गर्भपतन औषधिको नियन्त्रण गर्ने, स्थानिय तहहरुले खरिद गरेका तर, संचालनमा नआएर थनकिएका एम्बुलेन्स प्रयोगमा ल्याउने, र विकास साझेदार संस्थाहरु संग समन्वय गरि अगाढि बढाउनु पर्ने मुख्य विषयमा छलफल भएको जनाइएको छ ।

भेटघाट कार्यक्रममा सभा अध्यक्ष डा पुन्नस्वर केशरिले, जिल्ला सेवा स्वास्थ्य कार्यालयलाई अगाढि बढाउनु पत्रकार, स्थानिय तह, राजनैतिक दलहरुको महत्वपुण खाँचो रहेको बताउनु भयो । जिल्ला अस्पताल जस्तो ठाँउमा दरबन्दि अनुसारको डाक्टर नहुनु वडो समस्याको विषय रहेको बताउनु भयो । अवैध रुपमा वजारमा किलनिक संचालन गरिहेको भन्दै यसको रोकथामा स्थानिय तहले पनि कडा एक्सन दिनु पर्ने बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *