कमजोर बन्दै कालिकोटको समता, विद्यालय

कालिकोट । मासिक एक सय रुपौयाँ शुल्कमा पढाउँदै आइरहेको समता स्कुल कालिकोट पछिल्लो समय कमजोर बन्दै गइरहेको पाइएको छ । दान र अनुदानका भरमा सञ्चालन भएको समता स्कुल कालिकोटमा मासिक एकसय रुपैयाँ मात्र शुल्क लाग्ने भएपछि मान्म बजारका अरु बोडिङ स्कुलबाट पनि खचाखच भर्ना भए । दुई वर्षअघि सञ्चालन भएको समता स्कुलमा पहिलो वर्ष राम्रो व्यवस्थापन भएपनि दोसो्र वर्षबाट न शिक्षक रहे न त विद्यार्थी, अहिले बाँकी रहेका विद्यार्थीहरु पनि कता जाउँ र के गरौँ भएका छन् ।

‘भर्ना समय पनि चुकिसक्यो, कता लगौँ रु बच्चाको पढाई बिग्रने चिन्ता रहेको छ’, अभिभावक शारदा रोकायाले गुनासो गरिन् । ‘दशैँ र तिहारको बिदा गरि १५ गते अरु स्कुल खुलिसके तर, अहिलेसम्म समतामा पढाई सुरु भएको छैन । बच्चालाई स्कुलमा छाड्न आउँछौ, उही समयमै फिर्ता लगेर जान्छौँ । स्कुलमा भवन साँगुरो छ, विद्यार्थी बाहिर बसेर पनि पढ्ने अवस्था छैन ।’ उनले भनिन् ।

भवन साँगुरो हुँदा अर्को भवनमा पठनपाठन भइरहेको भएपनि विद्यालयले घरको भाडा नदिँदा घरबेटीले विद्यार्थीलाई बस्न नदिएको गुनासो गरिन् । शारदा मात्र होइनन समता स्कुलमा पढ्ने बालबालिकाका अभिभावकहरुले गुनासै गुनासो गरेका छन् ।

यस्तै अभिभावक रुपक आर्चायले ७ दिन भयो छोरा विद्यालयमा पढ्न पाएका छैनन् । विद्यार्थी बढी छन्, शिक्षक छैनन् । कलिला बालबालिकाको भविष्यमाथि खेलबाड नर्गन आग्रह गरेका छन् । ‘चलाउन सकिन्न भने किन सञ्चालनमा नल्याउनु’ उनले भने । पटक पटक शिक्षकलाई भन्दा पनि कुनै वास्ता नगरेको अल्टै धम्काउने गरेको गुनासो पोखे ।

तलब नदिँदा विद्यालय छोड्दै शिक्षक

समयमै तलव नदिदा दिन प्रतिदिन शिक्षकहरुले विद्यालय छोड्दै गएको पाइएको छ । महिनाको ६ देखि सात हजार तलबमा काम गर्नुपर्छ अझै समयमा तलब दिँदैनन् । पढाउन पनि जाँगर नआउने शिक्षिकाहरुले बताएका छन् । स्कुलको व्यवस्थापन राम्रो भएपनि ठिकै छ, तलब ढिलै आएपनि समस्या थिएन । भवनको अभावले गर्दा कहिले कसैको घरमा पढाउनु पर्छ त कहिले धुलोमा बाहिर बसालेर पढाउनु पर्छ । व्यवस्थापनको कमजोरिका कारणले समता कमजोर हँदै गइरहेको बताएका छन ।

राजधानिबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *