कर्णाली करिडोर अन्तर्गत हुम्ला खण्ड जोड्ने खुलालु नदीको पुल ५ प्रतिशतमात्र निर्माण

एक वर्षभित्र सक्ने गरी निर्माण थालिएको कर्णाली करिडोरको खुलालु पुल ८ वर्ष बितिसक्दा ५ प्रतिशतमात्र पुल निर्माण भएको छ । निर्माण कम्पनी र सडक डिभिजन कार्यालयको चरम लापरवाहीका कारण आर्थिक करिडोरको रुपमा रहेको कर्णाली करिडोर अन्तर्गत हुम्ला खण्ड जोड्ने खुलालु नदीको पुल निर्माण अलपत्र परेको हो ।कर्णाली राजमार्गको हुम्ला खण्ड जोड्ने भण्डै १४ करोड लागतमा निर्माण हुन लागेको खुलालु पक्की पुलको काम अहिलेसम्म जग समेत खनिएको छैन । आठ वर्षसम्म पाँच प्रतिशत मात्रै पुलको निर्माण भएको पाइएको छ । २०६९ सालमा निर्माणको जिम्मा पाएको कन्काई नेपाल प्रगति जेभीले सडक डिभिजन कार्यलयसंग योजना सम्झौता भई २०७० सालमै निर्माण सकिनु पर्नेमा अहिलेसम्म पुल निर्माण जगमै सिमित छ । पुल निर्माणमा चरम लापरवाही हुँदा समेत नियामक निकाय मौन रहेको भन्दै कर्णालीवासी आक्रोशित छन् ।नेपाली सेनाले कर्णाली करिडोरमा ९४ किलोमिटर सडकको ट्रयाक खुला गरी सडक विभागलाई हस्तान्तरणको तयारी गर्दा समेत पुल निर्माण अहिलेसम्म ५ प्रतिशतमै सिमित रहेको छ । सडक डिभिजन कार्यालय जुम्लाले समयमै प्राविधिक स्टमेड नदिँदा पुल निर्माणमा ढिलाई भएको निर्माण कम्पनीले आरोप लगाएको छ ।

मुख्य सडक डिभिजन कार्यालयको लापरबाहीका कारण पुल निर्माण सुरु भएको ८ वर्षसम्म पनि बन्न नसकेको निर्माण कम्पनिका ठेकेदार दिपकराज मैनालिले बताए । उनले भने, ‘सबै समाग्रीहरु जुटाएर कामको तयारी गर्दा पनि कार्यालयले ७ वर्षसम्म स्टेमेड कागज नदिँदा ढिलाई भएको हो । बल्ल बल्ल अस्ती असाढको मैनादेखि काम गर्ने नक्का पाएका छाैँ । अब काम गर्ने वातावरण पाएका छौँ । अहिले काम सुरु गर्ने तयारि थालेका छौँ ।’ अहिले पनि कामदारहरु निर्माण स्थलमै छन् । अब एक वर्षमै काम सम्पन्न गर्ने गरी काम सुरु गरेको उनले जानकारी दिए । उनले भने, ‘राष्टिय सभा सदस्य जिवन बुढाको सहयोगमा हामीले डिभिजन कार्यालयबाट नक्सा पाएका छौँ ।’ अबको एक वर्षभित्रै करिडोर जोड्ने पुन निर्माण सम्पन्न गर्ने बताए ।शिल्यानेस भएको ८ वर्ष वितिसक्दा समेत पुल निर्माणमा ढिलाई हुनाको कारण निर्माण कम्पनी रहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख माधप प्रर्साद अधिकारीले बताए । निर्माण कम्पनीले एक वर्षभित्रै पुल निर्माण गर्ने भनेको छ । समयमै सम्पन्न नगरे ठेका रद गर्ने पनि जानकारी दिए ।

पटकपटक निर्माण सञ्चालन गर्न र तोकिएको समयमै काम सक्न हामी कार्यालय धाउँदासमेत कार्यालयले ८ वर्षसम्म औपचारिक रुपमा सम्बन्धित कम्पनीलाई ताकेता गरिएको छ । ‘अब सडक डिभिजन कार्यालयको निर्देशन नमान्ने कन्सल्टेन्सीलाई कारबाही गर्ने चेतावनी दिएका छौं,’ डिभिजन प्रमुख अधिकारीले थपे, कन्ट्र्याक्टरको क्षमता कमजोर देखियो, जसले गर्दा तोकिएको समयमा पुल बन्न सकेनन् ।’ कार्यालयले बारम्बार ताकेता र अनुगमन गरेर सुझाएको उनले बताए । कन्ट्र्याक्टरले चाहेको समयमा जुनबेला पनि काम गर्ने र नचाहेको बेला कामै नगर्ने गरेको उनको भनाइ छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले, अबको एक वर्षमा पुल निर्माण नगरे अर्को ठेक्का खोलेर पनि काम छिटो गराउनु लगाउने बताए । ८ वर्षसम्म निर्माण कम्पनि र सडकडिभिजन कार्यालयकै कारण पुल निर्माण हुनु सकेको हैन । अब जसले काम छिटो गर्छ उसैलाई ठेक्का दिने जानकारि दिए । पटक पटक छिटो पुलनिर्माण गर्न ताकेदा गर्दा समेत पुल निर्माण भएन दुखको कुरा हो ।

कर्णाली करिडोर आयोजनाअन्तर्गत खुलालु पुल निर्माणमा भएको ढिलाइले कालिकोट, बाजुराको आधा, हुम्ला र मुगु सडक सञ्जाल जोडिनबाट वञ्चित भएको छ । पुल नबन्दा दुवै जिल्लाका स्थानीय आवतजावतका लागि एकसिजनने कृष्टि मार्फत र झोलुंगे पुलको भरमा छन् । समयमा पुल निर्माण नहुँदा करिडोरको स्तरोन्नति गर्ने कार्यमा समेत बाधा पुगेको छ । सडक नेपालि सेनाले बनाई सकेको छ, पुल निर्माण अलपत्र पर्दा सडक बनेपनि गाडी संचालन नहुदा सयौँ यात्रुहरु प्रदोलमै यात्रा गर्नु परेको छ । केष्टि मार्फत तारेर लगेका जिवहरुले मनोमानि यात्रुहरुवाट भाड लिँदा यात्रुहरु ठगिनु परेको छ । यदी पुल भैदिएको भए । ठुलासाना गाडीहरु सुर्खेत, नेपालगंज, काठमाडौँबाट सिधै कालिकोट, बाजुरा, हुम्ला पुग्थे ।

खुलालु पुल नबन्दा यातायात सञ्चालन र छिमेकी जिल्लाहरुको आर्थिक तथा सामाजिक सम्बन्ध समेत टुटेको रास्कोट नगरपालिका प्रमुख काँशिचन्द्र बरालले बताए । बारम्बार टेलिफोनबाट कर्णाली करिडोर जोड्ने खुलालु पुल ठेकेदारलाई पुल बनाउन आग्रह गर्दा पनि सुनुवाइ नभएको उनले बताए । ‘मैले हार खाइसकेँ, छिटोछरितो पुल निर्माणका लागि सम्बन्धित पक्षलाई पटक–पटक अनुरोध गरिसकेँ तर सुनुवाइ भएन’, उनले भने, ‘पुलको निर्माण दुतगतिमा लैजान प्रतिनिधि सभाका सांसद र राष्टिय सभाका सांसदसंग पनि पटक पटक आग्रह गरेको बताए । सो पुलको शिल्यानेश २०७९ सालमा भौतिक यातायात तथा पुर्बधारमन्त्री बिमलेन्द निधिले गरेका थिए ।https://rajdhanidaily.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *