स्थानिय तहमा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धि स्थानिय युवाहरु लाई तालिम दिदै नेपाली सेना ।।

  नेपाली सेनाले जिल्लाको हरेक स्थानिय तहमा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धि स्थानिय युवाहरुलाई तालिम दिन थालेको छ । नेपाली सेनाको रणशूर गुल्म कालिकोटले जिल्लाका ९ वटै स्थानिय तहमा स्थानिय युवा, जनप्रतिनिधि, राजनीतिक दलका नेता लगायतका सरोकारवालाहरुलाई सामुदायीक विपद् प्रतिकार्य सम्बन्धि तालिम दिन थालेको हो । आईतबार नेपाली सेनाको रणसुर गुल्म कालिकोटको आयोजना तथा खाँडाचक्र नगरपालिकाको समन्वयमा जिल्ला सदरमुकाममा चार दिने सामुदायीक विपद् प्रतिकार्य सम्बन्धि तालिम सुरु भएको छ । खाँडाचक्र नगरपालिकाका जनप्रतिनिधि, स्थानिय युवा क्लवका पदाधिकारी, राजनीतिककर्मी लगायतका ४८ जनाको सहभागीता रहेको तालिममा जिल्लामा हुने सम्भावित विपद् र त्यसको रोकथामको बिषयमा छलफल गरिएको छ ।

तालिम उद्घाटन समारोहमा नेपाली सेना रणसुर गुल्मका गुल्मपती मेजर उत्तम कटुवालले नेपाली सेनाले जिल्लाका ९ वटै स्थानिय तहमा सामुदायीक विपद् प्रतिकार्य सम्बन्निध चार दिने तालिम संचालन गर्न लागिएको जानकारी दिए । उनले कालिकोट जिल्ला बाढी, पहिरो, आग्लागी, सडडक दुर्घटना र भुकम्पिय जोखिमका हिसावले बढी जोखिममा रहेकाले त्यस्ता विपद्मा नागरिकको जनधनको क्षेतीलाई जोगाउने पुर्व तयारीमा जोड दिनुपर्ने बताए । उनले खाँडाचक्रमा सुरु भएको तालिममा बाढी, पहिरो, आग्लागी, सडक दुर्घटना र भुकम्पमा नागरिकहरुलाई कसरी जोगाउने, खोज तथा उद्धार कसरी गर्ने, प्राथमिक उपचार, घाईते तथा लाशहरुको व्यवस्थापनका बिषयमा जानकारी दिने बताए । उनका अनुसार जुन विपद्को पुर्व तयारीका लागि नगरपालिकाले कस्तो तयारी गर्नुपर्छ, कस्ता सामाग्रीहरुको खरिद गरी राख्नुपर्छ भन्ने बिषयमा पनि जानकारी गराईनेछ । सरकारले हरेक स्थानिय तहमा हेलिप्याड बनाउने नीति लिएकाले त्यसका लागि आफुहरुले सहयोग गर्ने उनको भनाई छ ।

आईतबारदेखी चारदिनसम्म संचालन हुने तालिममा विपद भनेको के हो, यसको व्यवस्थापन कसरी गर्ने, विपद्मा नेपाली सेना र नागरिककोे भुमीका लगायतका बिषयमा पनि जानकारी दिईनेछ । तालिमको उद्घाटन समारोहमा खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेले बिभिन्न किसिमका विपद्को जोखिमबाट बच्नका लागि हरेक नागरिकहरु सचेत हुनुपर्ने बताए । उनले नेपाली सेनाको समन्वयमा चार दिनसम्म संचालन हुने तालिमा खाँडाचक्र नगरपालिकाका ११ वटा वडाबाट ३∕३ जना युवा, जनप्रतिनिधि, राजनीतिककर्मी र अन्य सरोकारवालाहरुको सहभागीतामा विपद्बाट बढी क्षेती हुन नदिनका लागि अवलम्वन गरिने उपायहरुको बिषयमा सिक्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं। २ का पार्टी सभापती दमनबहादुर शाहीले जिल्लाका हरेक वडामा विपद् सम्बन्धि जानकार युवाहरुको समुह निर्माण गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *