रास्कोटका ५५ जना अति विपन्न घर परिवारलाई नगरपालिकाले खाद्यान्नसहित नगद सहयोग

दसैं तिहारको उपलक्ष्यमा कालिकोटको रास्कोट नगरपालिकाले अति विपन्न घर परिवारलाई खाद्यान्न वितरण गरेको छ। गरिब परिवारहरुलाई दसैं तिहारका लागि खाद्यान्न वितरण गरेको हो। नगरपालिकाका ५५ जना अति विपन्न घर परिवारलाई नगरपालिकाले खाद्यान्नसहित नगद सहयोग गरेको छ। दसंैको मुखमै नगरभित्र रहेका गरिबको घरमा छाक टार्नै मुस्किल भएका अति विपन्न परिवारलाई महान चाडलाई हर्ष उल्लास पूर्ण रुपमा मनाउन पाउन भनेर सहयोग गरिएको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले बताए। ‘नगरभित्र रहेका अति विपन्न एकल महिलाहरुका लागि खाद्यान्नसहित नगद सहयोग गरिएको छ।

उनले भने,‘नगरपालिकाका प्रत्येक वडाबाट ५ जनाका दरले ४५ जना र नगरपालिकमा भित्र रहेका गरिब एकल महिला गरि ५५ जना अति विपन्न परिवारलाई खाद्यान्नसहित नगद दिएका छौं।’ प्रतिपरिवारलाई १ प्याक चामल, एक पोका खाने तेल, १ किलो चिनी, ५ पोका नुन र ५ सय नगद सहयोग गरेको नगर प्रमुख बरालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *