दशै अगाडी नै जमरा र टिका ग्रहण गर्न पाउँदा विद्यार्थिहरु हर्षित

कालीकोट जिल्लमा दशै तिहार एवं छटपर्वको बिचमा शुभकामना आदान प्रदान गरिको छ । हास्यकलार एवं सामाजिक अभियान्ता मदन बहादुर र हरिवहादुरको संयुक्त सहयोगमा समता स्कुल कालीकोटमा पनी संचालन छ । समता स्कुल कालीकोटले आफ्ना विद्यार्थिहरुलाई दशै तिहार एवं छटपर्वको विदा दिनु अगावै विद्यालयमा कार्यक्रमको आयोजना गरी जमरा ग्रहण गरेको छ । दशै अगाडी नै जमरा र टिका ग्रहण गर्न पाउँदा विद्यार्थिहरु हर्षित देखिएका छन् । सविन कुमार विष्टको अध्यक्षता,खाँडाचक्र नगरपालिका उप प्रमुख विजया विष्टको प्रमुख आथित्यता तथा खाँडाचक्र नगरपालिका प्रवक्ता पुष्पराज गीरी र अधिवंक्त हिक्मत बहादुर विष्टको विशेष आिथत्यतामा कार्यक्रम भएको हो । २६६ जना विद्यार्थि,१२ जना शिक्षक÷सहयोगी र सल्लाहकार रहेको समतामा विद्यार्थिलाई तिहार सम्मको लागि विदा दिइएको छ ।

कक्षा दुइ सम्म चालनमा रहेको समता स्कुलले पछिल्लो समय केही विद्यार्थिको चाप बढाउदै गएको छ । अभिभावकहरुले आगामी दिनमा ५ कक्षा हुदै मावि स्तर सम्म समता स्कुल बनाउन माग गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विजया विष्टले समता स्कुलाई अव स्थानिय तहबाट पनी सहयोग गर्ने बताएकी छन् । कार्यविधी र योजना ल्याएर आएमा खाँडाचक्र नगरपालिकाबाट समता स्कुललाई थोरै भएपनी सहयोग गर्ने उनले बताईन । कार्यक्रमका अतिथिहरुले समत स्कुलले अति नै राम्रो ठाउँ ओगटेको र आगमी दिनमा सवैले सक्दो सहयोग गर्ने बताएका छन् । कार्यक्रमका सहजिकरण कर्ता लक्ष्मण वहादुर शाहीले आफु युवा भएकै कारण यस समता स्कुलको लागि दिनरात नभटी खटिएको बताएका छन् । अभिभावक,विद्यार्थि,शिक्षकहरुलाई भने समता स्कुल कसरी अगाडी बढाउने भन्ने चिन्तनमा छन् । चर्चित हास्यकलार हरिबहादुर र मदन बहादुरको सहयोग समर्थन रहेको यस विद्यालयलाई कालीकोटका हास्यकलाकार एवं पत्रकार हस्त चौलागाईले रु २० हजार समता स्कुललाई सहयोग गर्ने बताएका छन् । चौलागाँईले तिहार अगावै कुनै कार्यक्रमको आयोजना गरे समता स्कुललाई २० हजार दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *