जनताले ढुक्क संंग नेकपा प्रति बिश्वास गर्न पत्रकार मार्फत अनुरोध

नेकपाको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष धनजित शाहीले पार्टीको नेता हुने र बिकासे पैसा लपेड्न खोज्नेलाई अध्यान गरिरहेको र उजुरी परेको खण्डमा छानविन गरी कार्वाही गर्ने वताउनुभयो .नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपभोक्ता समितिमा वसेर वदानामी गर्ने कार्यकर्ताको लेखा जोखा भईरहेको वताएको छ । पार्टी एकताका सबै काम सकिएको अव तत्काल कार्यलय टिमको बिस्तार गरिने वताउनुभयो । पार्टीले जनताका कामलाई प्राथम्तिा दिनका लागि स्थानिय सरकारमा जनप्रतिनिधिहरु पठाएको स्मरण गराउदै जनतको पक्षमा काम नगर्ने र आफु अनुकुल हुनेलाई छानविन गरीने वताउनुभयो । जनताले ढुक्क संंग नेकपा प्रति बिश्वास गर्न अनुरोध गदै केही पार्टी एकता प्रक्रियामा सरकारका गतिविधिहरु तलसम्म पुगाउन नसेको प्रति दुख ब्यक्त गर्नुभयो ।

नेकपाका सचिव नगेन्द्र शाही नेश्नलले जसलाइ अन्याय परेको उसले पार्टीमा उजुरी दिन अनुरोध गर्नुभयो । जातीगत रुपमा बिभेद भईरहेको कुरा आएको पत्रकारको प्रश्नमा जवाफ दिदै सचिव शाहीले उजुरी र सन्चारमाध्यममा आएको निवेदनलाई आधार मानेर प्रक्रिया थालिने वताउनुभयो । उहाँले राष्ट्यि बिद्युत लाइनको बिस्तारका बिषयमा बिहवार मुख्यमन्त्री तथा कालीकोटका इन्चार्ज महेन्द्र शाही संग आफु पार्टी अध्यक्ष बिचको त्रिपक्षिय छलफलले तत्काल ठेकेदारहरुलाई काममा लगाउने र के कस्तो भएको हो । प्रशासन मार्फत वुझ्ने कुरा भएको र रेगिल लगाएतका जग्गाका बिषयमा पनि छलफल भएकाले तत्काल रास्ट्यि बिद्युत प्रशारण लाइनको कामलाई तदारुक्ता देखाउने वताउनुभयो । उहाँले पाटी र पार्टीमा अवध नेताहरुले गरेका गल्ती कामको समिक्षा मात्र होइन गुनासो राखेर पार्टीलाई सच्चीनका लागि सुझाव दिन र भ्रमाक सामाजिक सन्जालका बिषयमा नलाग्न अनुरोध गर्नुभयो । पत्रकार सम्मेलनमा जिल्लाका पत्रकार संगै नेकपाका नेताहरुको समेत सहभागीता रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *