समाजमा भएका कुरिती बिरुद्ध हुरुन्डेकको अभियान

मानव अधिकार तथा बातावरण विकास केन्द्र(हूरुन्डेक) नेपालले कालीकोटमा बाल विवाह र छाउप्रथालाई न्युनिकरण गर्ने अभियान संचालन गर्न लागेको छ । विहीवार जिल्ला सदमुकाम मान्ममा आयोजना भएको बिद्यमान वालविवाह र छाउपडी प्रथा न्युनिकरणका लागि हाम्रो भुमिका विषयक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी सरकोकारवालाई जानकारी गराएको छ । मानव अधिकार तथा बातावरण विकास केन्द्र(हुरुन्डेक) नेपाल कालीकोटका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाको अध्यक्षता,प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलको प्रमुख आथित्यता तथा जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाको विशेष आथित्यतामा भएको कार्यक्रम भएको थियो । कालीकोट जिल्लामा बालविवाह गरेरै जिवनलाई स्वर्गारोहण गर्ने,सामाजिक,मानसिक रुपमा घाटा ब्यहोरेका केही व्यक्तिहरुको नमुना दिदै अव आगामी दिनमा बालविवाह नहोस,कुरीती कुसस्कारको अन्त्य होस भन्ने मुल उद्येश्य कार्यक्रमको रहेको छ । कार्यक्रममा बोल्दै सहभागीहरुले छाउप्रथा र बालविवाह रोक्न सवैले आफ्नो आफ्नो गाउँ ठाउँबाट सुरुवात गर्नु पर्ने बताएका छन् । कालीकोटका केही स्थानिय तहले छाउपडी गोठ मुक्त क्षेत्र घोषणा गरेपनी यसको पुन अनुगमन नभएको भन्दै पुन छाउप्रथा मौलाएको सहभागिले सुनाए । यस अघि जिल्लाको खाँडाचक्र नगरपालिका भित्र रहेका वडा नं.५,६,७,८,९,१०,११ लाई छाउगोठ मुक्त वडा घोषणा गरिसकेको छ । लीकोटका अन्य स्थानिय तहले छाउगोठ मुक्त वडा र पालिका घोषणा गर्ने तयारीमा रहेको स्थानिय तहका जनप्रतिनीधीहरुले बताएका छन् ।

बालविवाह छाउपडी पर्था न्युनिकरणका लागि सरोकारवाला विच छलफल हुदै । तस्विर कर्ण कुमाल

मानव अधिकार तथा बातावरण विकास केन्द्र हुरुन्डेक नेपाल कालीकोटले पनी आगामी दिनमा बालविवाह र छाउ प्रथालाई मुख्य केन्द्र विन्दुमा राखी प्रत्येक स्थानिय तहमा कार्यक्रम संचालन गर्न लागेको छ । यस अघि पनी हुरुन्डेक नेपालले सामाजिक क्षेत्रमा कार्य गदै आएको थियो । प्रहरी प्रमुख श्यामबाबु ओलिया र प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलेले छाउ प्रथा मान्ने र बालविवाह गराइदिनेलाई कानुन भन्दा दोब्बर कार्वाही गरी सचेत गराउने बताएका छन् । कार्यक्रममा बोल्दै सभाअध्यक्ष समेत रहेको विरेन्द्र बहादुर बुढाले समाज रुपान्तरण र परिवर्तनका लागि हामी सवै एकजुट नभए केही पनी काम सम्भव नभएको बताए । बुढाले अव जिल्लाका ९ वटै स्थानिय तहमा छाउ प्रथा र बालविवाह न्युनिकरणका लागि बृहत अभियान संचालन गरेर गित,सडक नाटकको माध्ययमबाट जनचेतना फैलाउने बताएका छन् । हुरुन्डेक नेपाल कालीकोटको आयोजनामा भएको कार्यक्रमको सहजिकरण गदै नेपाल पत्रकार महासंघ कालीकोटका सचिव खडानन्द अधिकारीले संचार क्षेत्रबाट पनी यस्ता खाले कुरीती कुसस्कारलाई न्युनिकरण गर्न सकिने भएकाले संचार माध्यमबाट हुने सम्पुर्ण सहयोग गर्ने बताए । कार्यक्रमको समन्वय सहकार्य रेडियो चंखेली एफ एम कालीकोटले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *