जातिय बिभेदका घटनाहरुमा पीडितले नै अदालतमा बयान फेर्दा न्याय पाउनबाट बन्चीत

कालिकोटका दलित अगुवाहरुले जिल्लामा जातिय छुवाछुतका घटनाहरुमा कमी नआएको बताएका छन् । बिहिबार जिल्ला सदरमुकाम मान्ममा नेपाल राष्टिय दलित समाज कल्याण संघद्धारा आयोजना गरिएको जिल्ला स्तरमा जातिय भेदभाव तथा छुवाछुत सम्बन्धि घटनाहरुको न्यायिक प्रक्रियाका लागि सहकार्यमुलक गोष्ठीमा दलित अगुवाहरुले यस्तो बताएका हुन् । कार्यक्रममा दलित अधिकारकर्मी पंख दर्जी, रमेश नेपाली, पीडित डिल्ली कामी लगायतका वक्ताहरुले जिल्लामा व्यापक रुपमा जातिय बिभेदका घटनाहरु हुने भएपनि सम्बन्धित निकायमा नआउने गरेको बताए । उनीहरुले कानुन कार्यन्वयन गर्ने निकायले दलितका सवालहरुमा चासो नदिदा पीडितहरु न्याय माग्नै नआउने गरेको दाबी गरे । जिल्लामा अहिलेसम्म जातिय बिभेद गरेर कानुनी प्रक्रियामा आई सजाए भएको घटना नभएको उनीहरुको भनाई छ । नेपाल राष्टिय दलित समाज कल्याण संघ कालिकोटका अध्यक्ष जय बिकको अध्यक्षता, जिल्ला समन्वय समिति प्रमूख अनीपाल शाहीको प्रमूख आतिथ्यता, जिल्ला न्यायधिश माधवप्रसाद सुवेदी र प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र गौतमको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा नेपाल राष्टिय दलित समाज कल्याण संघद्धारा जिल्लामा संचालित साझा आवाज परियोजनाका प्रमूख चित्र बिश्वकर्माले कार्यक्रमको बारेमा जारकारी दिनुभएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि जिल्ला समवन्य समितिका प्रमुख अनिपाल शाहीले जातीय भेदभाव तथा छुवाछुतका घटनालाई न्यूनीकरणका लागि अल्पकालिन र दीर्घकालिन योजना निर्माण गर्ने पर्ने । छुवाछुत अन्त्यका लागि कर्मचारी संयन्त्रले योजना बनाएर अघि बढ्नुपर्ने प्रमुख अनिपाल शाहीले बताउनु भयो । दलित शिक्षित नभएसम्म छुवाछुत तथा विभेद अन्त्य असम्भव रहेको भन्दै उनीहरुले सबै दलितहरुलाई शिक्षाको पहुँचमा ल्याउनको लागि विशेष पहल गरिनुपर्ने बताए । कार्यक्रमका सहभागिले दलित समुदाय भित्रै छुवाछुत हुने गरेको बताउँदै आन्तरिक विभेद को अन्त्य हुनु पर्नेमा जोड दिएका थिए । शाहीले वोलिचालीको भाषामा मात्रै छुवाछुत अन्त्य भएको र हरेक व्यक्ति, वर्ग, समुदाय संग भावनात्मक एकता नभएकाले नै विभेदका घटना अझ मौलाउदै गएको वताउनु भयोले विभेद उन्मुलनका लागि समाजका शिक्षित वर्ग हरुनै जिम्मेवार रहेको र राज्यका हरेक निकाय वाट नै सहयोगको भुमिकामा कन्जुस्याई गर्न नहुनेमा जोड दिनु भएको थियो ।

जिल्ला बारका अध्यक्ष दमनराज बमले जातिय बिभेदका बिषयमा संबिधानमा भएका व्यवस्थाहरुका बारेमा जानकारी दिदै कानुन कार्यन्वयनमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सरकारी वकील उमेश कुमार रेग्मीले जातिय बिभेदका घटनाहरुमा पीडितले नै अदालतमा बयान फेर्दा न्याय पाउनबाट बन्चीत भएको बताउनुभयो । कार्यक्रममा जिल्ला न्यायधिश माधवप्रसाद सुवेदीले अदालतमा घटनाका जाहेरीकर्ता र साच्चीहरुले सत्य बोलिदिदा पनि अभियुक्तले सजाय पाउने सुनिश्चित हुने बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी प्रमूख डिएसपी श्यामबाबु ओलीयाले जिल्लामा जातिय बिभेद लगायतका सबै किसिमका सामाजिक अपराधहरु न्यूनिकरण गर्नका लागि प्रहरीले अभियान नै थालेको बताउनुभयो । कार्यक्रममा जिल्ला स्थित बिभिन्न सरकारी तथा गैरसरकारी निकाय, पत्रकार, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *