नेपाली कांग्रेस कालिकोटको दोस्रो चरणको जनजागरण अभियान सम्पन्न

नेपाली कांग्रेस कालिकोटले बर्तमान सरकार बिरुद्ध बिरोध प्रदर्शन गरेको छ । कांग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार भदौ २४ गतेबाट सुरु भएको दोस्रो चरणको जनजागरण अभियानको समापनका साथै सरकार बिरुद्ध बिरोध प्रदर्शन गरेको हो । जिल्लाका ९ वटै स्थानिय तहबाट आएका कांग्रेस नेता तथा कार्यकर्ताहरुले जिल्ला सदरमुकाम मान्म बजारको प्रतिमा चौकदेखी जिरोपोइन्टसम्म नाराबाजी सहितको बिरोध ¥यालीका साथै जिल्ला समन्वय समितिको खुलामञ्चमा बिरोध सभा गरेको छ । बलात्कारी, भ्रष्टाचारी, माफियाहरुको सरकारले नै संरक्षण गरेको, सामान्य नागरिकहरुबाट चर्को कर असुल्ने तर करछली गर्ने एनसेल कम्पनीलाई कर छुट गराएको, नेपाली जनतालाई रेल र पानी जहाजका सपना देखाएर आफ्ना आसेपासेहरुको सम्बृद्धिमा लागेको भन्दै कालिकोटका कांग्रेसहरुले सरकार बिरुद्ध प्रदर्शन गरेका हुन्।नेपालमा संबिधान घोषणा भएको दिनका अवसरमा आयोजित संबिधान दिवसका अवसरमा नेपाली कांग्रेसका पार्टी सभापती शेरबहादुर देउवाको बोली नबुझीएको भनी अपमान गरेका भन्दै राष्टपती बिद्यादेवी भण्डारीको अभिव्यक्ति बिरुद्ध पनि नाराबाजी गरेका छन् । उनीहरुले मुलुकमा प्रजातन्त्र प्राप्तीका लागि गरिउको आन्दोलनमा राणाहरुको यातनाबाट पार्टी सभापतीले जिब्रोमा करेन्ट खाएर बोली गुमाउनु परेको भन्दै त्यसैको उपलब्धि पश्चात भएकी राष्टपतीले पार्टी सभापतीको अपमान गर्ने कुनै अधिकार नभएको बताएका छन् । बिरोध सभामा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि तिलकबहादुर मल्ल, नेपाली कांग्रेस कालिकोटका उपसभापती तथा क्षेत्र नं. १ का पार्टी सभापती शंकरप्रसाद उपाध्याय, नेपाली कांग्रेस कालिकोट क्षेत्र नं. २ का पार्टी सभापती दमनबहादुर शाही, कांग्रेस नेता मिनबहादुर बोगटी, तारा शाह, शुशिला शाही लगायतका वक्ताहरुले बर्तमान अधिनायकबादी सरकार बिरुद्ध कांग्रेसले फेरी एक पटक आन्दोलन गर्नुपर्ने अवस्था आएका बताए ।उनीहरुले संघिय संरचना पछि बनेका तीन वटै तहमा रहेका सरकारहरुले जनताको हितमा काम नगरी भ्रष्टाचारी, बलात्कारी, हत्यारा, माफियाहरुको पक्षमा काम गरेको आरोप लगाउदै यसका बिषयमा नागरिकहरुलाई जानकारी गराउन कांग्रेस गाँउ पसेको बताए । उनीहरुले जिल्लाका स्थानिय तहले पनि बढी कर लिने, विकासका कामहरु डोजरलाई दिएर स्थानियको रोजगारी खोस्ने, विकासका नाममा आएको बजेटलाई जनप्रतिनिधिका आसेपासेको हितमा लगानी गर्ने लगायतका गलत गतिबिधिहरु गरिरहेको बताउदै यसका बिरुद्धमा भण्डाफोर अभियान थाल्ने उद्घोष गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *