घरेलु हिन्सा, मदिरा नियन्त्र र वालविवाहका बिरुद्धमा अभियान केन्द्रीत हुने कालीकोटमा घोषणा

कालीकोटमा सामाजिक बिकृती बिरुद्धको साझाँ अभियान सुरु भएको छ । दशै तथा तिहारलाइ लक्षित गरि सामाज देखा परेका वालविवाह, घरेलु हिन्सा, मदिरा सेवनले निम्ताउने बिकृती, लागु औषध कारोवारलाई अन्ते गर्ने अठोटका साथ जिल्ला प्रहरी कार्यालय कालीकोटले साझा अभियानको सुरुवात गरेको हो ।हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने नाराका साथ सामाजिक बकिृती बिरुद्धको कार्यक्रम जिल्ला स्तरवाट सुरु गरेर गाउँ सम्म पुगाउने प्रहरी प्रमुख डि एस पी श्यामवावु ओलियाले वताउनुभयो । उहाँले कालीकोटमा वालविवाह धेरै हुने गरेको भएपनि उजुरी नपर्ने गरेकाले न्युनिकरणमा समस्या भएकाले सामाजिक बिकृती बिरुद्धको अभियानलाई ब्यापकरुपमा गाउँ केन्द्रीत गरिने वताउनुभयो ।

हाम्रो कालीकोट, सुरक्षित कालीकोट वनाउनका लागि यो अभियानले कोसेढुङगा सावित हुने संबिधा सभा सदस्य तुलाराज बिष्टको भनाई छ । उहाँले अभियानको उद्घाटन गदै नेपालको संबिधान २०७२ ले ब्यवस्था गरे अनुसार कुनै पनि नागरिकले असुरक्षाको महसुस गर्ने ठाउँ नभएकाले सबै सुरक्षित हुनका लागि नेपालको संबिधान र मुलकमा वनेका कानुनका वारेमा नागरिक तहमा जानकारी गराउन आवस्यक भएको वताउनुभयो

कानुनी ब्यवस्थाका साथै मुलुकी देवानी तथा फौजादारी सहिंतामा ब्यवस्था भएका सबै कसुर जनता समक्ष पुगाउन र वुझाउन सके सबै खाले अपराध कम हुने बिश्वास ब्यक्त गर्नुभयो । मुलुकी देवानी तथा फौजदारी अपराध सहिता २०७४ को परिच्छेद ११ को धारा १ सय ७३ मा बिवाह सम्वन्धी कसुरलाइ राम्रो संग उल्लेख गरिएको छ । बाल विवाह गर्न ९१० विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन । उपदफा ९२० उपदफा ९१० विपरीत भएको विवाह स्वतः बदर हुनेछ । यसको मतलव उमेर नपुगि बिवाह गरेको खण्डमा स्वत वदर हुने ब्यवस्था छ । साथै उपदफा ९१० बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने ब्यवस्था गरेकाले वालविवाहलाई सामाजिक अपराधका रुपमा समेत लिएको छ ।


दाइजो प्रर्था, वहुविवाह मदिराका कारणले निम्तीने घरेलु हिन्सा लगाएतका घटनालाई केन्द्रीत गरेर अभियानलाई जिल्ला ब्यापी वनाउन खोजिएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेले वताउनुभयो । उहाँले घरेलु हिन्सा, निम्ताउने मदिरा जुवातास, वालविवाह भएकाले यसलाई पुर्ण रुपमा रोक्न प्रहरी गाउँमा पस्ने वताउनुभयो् । प्रहरीको अभियानमा जिल्लामा क्रियाशिल रहेका गैरसरकारी सँस्था सेभ द चिल्डेन, किर्डाक नेपाल, हुरुन्डेक, भिडिसेफ, सोसेक नेपाल, नेपाल राष्ट्यि दलित समाज कल्याण संघ, सञ्चार माध्यमले पुर्ण साथ दिने वताएका छन।

वालवालिका सम्नधीको ऐन २०७५ बिरुद्र वालविवाह र घरेलु हिन्साका कारणले वालवालिकाको अधिकार हनन् भएकाले त्यसको कार्यन्वयनका लागि पनि प्रहरीले स्थानिय सरकार संग साझेदारीमा काम गर्ने योजना वनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामवावु ओलियाका अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संबिधान सभा सदस्य तुलाराज बिष्ट, बिषेश अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल रहनु भएको थियो ।

कार्यक्रममा राजनितिको तर्फवाट नेकपाका नेता चित्रसिहं गाउँले नेपाली काग्रेसका दमनवहादुर शाही, सामाजवादी पार्टीका नरेन्द्र वहादुर शाही, शैक्षिक अभियान्ता, पत्रकार नागरिक समाज सबैको सहभागीता रहेको थियो । कार्यक्रममा तिला कर्णाली वहुमुखि क्यापस, जनजिवन मावि ताडी, कालिका आधारभुत बिद्यालय व्रमकोट, पन्चदेव मावि मान्मका छात्र छात्राका साथै शिक्षकहरुको समेत सहभागीता रहेको थियो।यो अभियानमा राजनितिक दलले पनि साथ दिने उद्घोष गरेका छन । जिल्लामा आयोजित कार्यक्रममा सबैले साझा रुपमा प्रतिवद्धता गदै अभियानलाई पुर्ण साथ र सहयोग गर्ने वताएका छन् । आजै बिकृती बिरुद्धको एक वर्षे रणनिति योजना समेत पारित गरिएको छ । योजनामा वालविवाह न्युनिकरण, घरेलु हिन्साको अन्तेका लागि गाउँगाउँमा सयुक्त तथा एकल अभियान चलाउने उल्लेख गरिएको छ ।कार्यक्रम सड्क नाटक पिन देखाइयको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *