निशुल्क आँखा शिविर समापन ,कर्मचारीले विगत ६ महिनादेखि तलब नपाएको गुनासो

कालीकोट जिल्लाको खाडाचक्र नगरपालिकामा संचालित ३ दिने आखा शिवीरको आज एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । जिल्लामा भएका आखाका विरामीहरुका सहजताका लागि संचालन गरिएको शिवीरको समापन गरिएको हो । नेपाल नेत्रज्योती संघ कालिकोटको आयोजना, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोग तथा हिमालय आँखा अस्पताल पोखराको प्राबिधिक सहयोगमा संचालित निशुल्क आँखा शिविरको समापन गरीएको छ । नेपाल नेत्रज्योती संघ कालिकोटका सभापती खडानन्द पाण्डेको सभापतीत्व कर्णाली प्रदेश सभा सदस्य माननिय सोसीला शाहीको प्रमुख अतिथ्यता तथा जिल्ला समन्वय समितीका प्रमुख अनिपाल शाही र खाडाचक्र नगरपालिकाका उपप्रमुख बिजया बिष्टको हिमालय आँखा अस्पताल पोखराका डा इलीया श्रेष्ठको बिशेस अतिथ्यतामा शिवीरको समापन गरिएको छ ।

शिवीरको समापनमा बोल्दै प्रमुख अतिथि कर्णाली प्रदेशसभा सदस्य माननीय सोसीला शाहीले आखाको उपचारकालागि आफुले सहयोग गर्ने बताउनुभयो । उहाँले कालीकोट नेत्रज्योती संघको समस्यालाई प्रदेशसभामा जोडदारले उठाउने छु उहाँले भन्नुभयो कालीकोटका विरामीहरुका लागि आफुले पनि विभिन्न ठाउँमा पहल गर्ने छु । नेपाल नेत्रज्योती संघका कर्मचारीले विगत ६ महिनादेखि तलब नपाएको गुनासो आएकाले सामाजिक विकास मन्त्रालयमा आफु कालीकोटबाट फर्किए लगत्तै कुरा राख्नु बचन वद्धता गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाहीले कालिकोटका आँखाका बिरामीहरुलाई यो संंसार देखाउने गरी सेवा दिने प्रति आभार प्रकट गर्नुभयो । ९९ जनाको सफल अप्रेशन भएकाले फेरीका दिनमा पनि कालीकोटमा आएर सेवा दिन आग्रह गनूृभयो । संघीयता कार्यान्वयसंगै सवै कुराको स्पष्टता नहुने र अन्यौल्ताको सृर्जना विच आखा शिवीर चलाउदा निकै समस्या भएकोले यसलाई समस्याका रुपमा नलिन आग्रह गर्नुभयो । संघ प्रदेश र स्थानिय तह गरी तिन वटा सरकार भएपनि समन्वय र सहकार्यको अभावको कारणले गर्दा अहिले आएर कर्मचारीले समयमा तलव नपाउनु जस्ता बिभीन्न समस्या झेल्नुपरेकाले यसको समयमै समाधान खोजिने शाहीले बताउनुभयो । त्यस्तै कार्यक्रमा बोल्दै खाडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टले हिमालय आँखा अस्पताल पोखराले सहयोग नभए कालीकोटका नागरिक अन्धकारमय हुने बताउनुभयो । उहाँले कालीकोटमा आएर पनि आफ्नो ज्ञान सिप र कलालाई देखाएर यहाँका नागरिकलाई सेवा दिएको धन्यवाद दिनुभयो । मानिसको संवेदनशिल आखा भएकाले यसको सुरक्षाका लागि सवैले ख्याल गर्नुपर्ने बताउनुभयो । कालिकोटमा दाउराको प्रयोग गर्दा आखाका विरामी बढ्ेको भन्दै उहाँले अव हरेक नागरिकले आखाको ख्याल राख्न आग्रह गनूभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *