त्रिवेणी गोल्डकपको आयोजना ,प्रथमलाई १ लाख ५१ हजार १ सय ११ रुपैया पुरुस्कार

कालीकोट जिल्ला शान्नित्रिबेणी गाउँपालीकामा त्रिवेणी गोल्ड कप हुने पत्रकार सम्मेलनद्धारा सार्वजनिक गरेका छन । त्रिवेणी गोल्ड कपको उद्घघाटन गर्नका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापा शान्नित्रिबेणी गाउँपालिकामा त्रिवेणी गोल्ड कपको उद्घाटन गर्ने आउने सान्नित्रिवेणी गाउँपालिका वडा नं ५ का अध्यक्ष नरेश बमले बताए । गतवर्ष वडा अध्यक्ष गोल्डकपको आयोजना गरेको सान्नित्रिवेणीले अहिले दशै तिहारको शुभकामना आदान प्रदान तथा त्रिवेणी गोल्डकपको आयोजना गर्न लागेको बमले बताए । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सान्नित्रिवेणी गाउँपालिकाले जिल्लामा दोस्रो पटक गोल्डकपको आयोजना गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । गोल्डकपमा नाम परिर्वतन गरिएको जिल्लामा पहिलो प्रदेशमै पहिलो पटक वडाध्यक्ष गोल्डकपको आयोजना गरेको वडा नं ५ ले यस पटक भने गाउँपालिकाकै नाममा त्रिवेणी गोल्डकपको आयोजना गर्न लागेको बमले बताए ।

उनले भने, ‘अहिलेको युवा पुस्ता खेलकुदमा रुचि राख्ने भएकाले आफु निर्वा्चित भइसकेपछि प्रत्येक वर्ष गोल्डकपको आयोजना गर्दै आएको छु ।’ खेलकुदले मान्छे स्वस्थ हुने भएकाले खेल जीवनमा अपरिहार्य भएकाले यस पटक त्रिवेणी गोल्डकपको आयोजना गर्न लागेको छु । गोल्डकपको उद्घाटन गर्न काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापा प्रमुख अतिथिका रुपमा कालीकोटको सान्नित्रिवेणी आउन लागेका छन् । असोज २७ गतेदेखि सुरु हुने गोल्डकपको तयारीमा लागेकाले सवैले साथ दिनुपर्ने बमले बताए । ’उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५१ हजार १ सय ११ दृतिय हुनेलाई ७७ हजार ७ सय ७७ र तृतिय हुने टिमलाई ४४ हजार ४ सय ४४ रुपैया राशिको पुरस्कार रहेको छ । स्विसबेलको सभाहलमा भएको पत्रकार सम्मेलनमा  जिल्लाका पत्रकारसहित खेलाडिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *