देउडा मार्फत मौलीकता संरक्षणमा जोड दिँदै संविधानका बारेमा सचेतना अभिबृद्धि

संविधान दिवस देश भर विभिन्न कार्यक्रमकोआयोजना गरि मनाइएको छ।नेपालमा संविधान निर्माण भई घोषणभएको दिन असोज ३ गते।कालिकोटमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएका छन।स्थानियतह र जिल्लामा एकै साथ विभिन्न कार्यक्रम गरि मनाइएका छन।
कुनैवेला रंग रतौलि र विवाह वर्तमा लगाईने देउडा खेल पछिल्लो समय विभिन्न कार्यमा लगाउने गरिएको छ।आफनो संस्कृति र कलाको संरक्षणका साथै संविधान दिवस २०७६ लाई भव्य र सव्य रुपमा मनाउन देउडा खेलको लगाई भव्य रुपमा मनाइएको हो,जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहिको अध्यक्षतामा शुरु भएको कार्यक्रममा संविधान सभा सदस्य तुलाराज विष्टको प्रमुख आतिथ्यता रहेको थियो।पहिलेका वर्षको तुलानामा यो वर्ष कालिकोटमा फरक तरिकाले संविधान दिवस मनाइएको छ।

देउडा मार्फत मौलीकता संरक्षणमा जोड दिँदै संविधानका बारेमा सचेतना अभिबृद्धि गरीएको हो । उक्त अवसरमा खाँडाचक्र नगरपालिका कालिकोटका नगर प्रमुख जसिप्रर्साद पाण्डेदेखि नेकपा प्रदेश सदस्य तथा जिल्ला सचिव नगेन्द् शाहि कालिकोटका अध्यक्ष धनजित शाहि, प्रमुख जिल्ला अधिकारि, प्रहरि प्रमुख समेत देउडा गित मार्फत सन्देश प्रवाह गरे । सामाजिक कुसंस्कार विरुद्धको सन्देश दिन र नेपालको संविधानका बारेमा देउडा गित गतिलो माध्ययम भएको मेयर पाण्डेको भनाई छ । देउडामय संविधान दिवसमा प्रर्शकहरु पनि निकै रमेका थिएगित प्रतिष्पर्धामा दुई टिमबिच दोहोरो सवालजवाफ हुन्छ । सोहि सवालजवाफको अवसरमा कडाप्रश्न उत्तर दिईन्छ । यहि सवालजवाफको आधारमा देउडागित जनचेतना अभिबृद्धिको गतिलो माध्ययम मानिन्छ ।भाषणमा नागरिकलाई त्यति मन नलगाउने भएको हुँदा, देउडा खेल मार्फत सन्देश दिन खोजिएको सभामा वोल्दै प्रमुख प्रमुख अतिथि तुलाराज विस्ट, खाँडाचक्र नगरपालिका कालिकोटका नगर प्रमुख जसिप्रर्साद पाण्डे , नेकपा प्रदेश सदस्य तथा जिल्ला सचिव नगेन्द् शाहि अध्यक्ष धनजित शाहि, लगायतका अतिथिहरुले


नेपाली जनताको चाहाना र आकांक्षा अनुसार संविधान सभाबाट जारी भएको संविधानकै कारण अहिले मुलुक संघीय राज्य प्रणालीमा रहेको बताएका थिए। ‘नयाँ संविधानले सदियौदेखि एकिकृत राज्य संरचनालाई संघीय राज्य प्रणालीमा रुपान्तरण गरेको, राज्यका विभिन्न तहमा सरकारको निर्माण गरी शासनको बाँडफाँड गर्ने र निक्षेपणका माध्यमबाट जनतालाई बढीभन्दा बढी शासनमा सहभागी गराउने उद्देश्यले संविधानको अनुसूचीहरुमा विभिन्न तहका सरकारका एकल र साझा अधिकारका सूचीहरु निर्धारण गरिएको बताएका थिए

उनले संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने गरी दिशानिर्देश गरेको उल्लेख गरे । संविधानले सुनिश्चित गरेका मौलिक हकको कार्यान्वयनका लागि संघीय संसदले आवश्यक कानूनहरुको निर्माण गरिसकेको, प्रदेश सरकार र स्थानीय तहहरुले समेत आ–आफ्नो अधिकार सूची भित्रका विषयहरुमा कानून निर्माण गर्ने र त्यसको कार्यान्वयन गर्ने कामलाई प्राथमिकताका अगाडि बढाइ काम गरिरहेको बताएका थिए। साथै संविधान दिवसकैअवसरमा कालिकोटमा विभिन्न कार्यक्रम भएका छन। विसकै अवसरमा जिल्ला स्तरिय वकतृत्वकला प्रतियोगिता, भलिबल प्रतियोगिता, बजार सरसफाई लगायतका कार्यक्रम भएका छन।

यसैविच जिल्लाको रास्कोट नगरपालिकाले पनि विभिन्न कार्यक्रम गरि मनाएको छ।यस्तै तिलागुफा नगरपालिका पचाल झरना गाँउपालिका र महावै गाँउपालिका वडा र्न ६ लगायतका ठाँमा मा भव्य रुपमा मनाइएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *