पत्रकार भरतराज विस्ट व्याटमिटन संघ कालिकोटको अध्यक्ष चयन
जिल्ला व्याटमिटन संघ कालिकोटको अध्यक्षमा पत्रकार भरतराज विस्ट चयन हुनुभएको छ।जिल्ला भरिका व्यामिटन खेलाडिहरुको एक भेलालले खेलाडि तथा रेडियो नंया कर्णाली एफ एमका स्टेशन म्यानेजर समेत रहेका विस्टलाई भेलालले सर्व सहमत रुपमा जिल्ला अध्यक्षमा चयन गरेको हो।जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नवराज मल्लको सभा अध्यक्षतामा भएको भेलालले पत्रकार विस्टको अध्यक्षतामा १०सदश्यि समितिको गठन गरेको हो।जसको उपाध्यक्षमा लक्ष्मि मल्ल, सचिवमा माया खड्का,कोषाध्यक्षमा विरेन्द्र बहादुर शाहि,सदस्यमा मिठु शाहि,सुमन विस्ट,अर्जुन भट्टराई।अक्कल बहादुर शाहि,वजुरे खड्का,मनराज सिम्खाडा र धिर बहादुर शाहि रहेका छनयसैविच जिल्लामै पहिलो पटक सदरमुकाम मान्ममा व्याटमिटन प्रतियोगिता हुने भएको छ।
नवगठित समितले असोज ७ गते देखि ९ गते सम्म मान्मको कवाहलमा व्याटमिटन प्रतियोगिता हुन्े जानकारि दिएको छ।समितिका अध्यक्ष भरतराज विस्टका अनुसार, कालिकोटका अहिले सम्म जेजति खेलकुद भए तर,अहिले सम्म व्याटमिटन खेल भएको थिएन। खेल क्षेत्रको विकासको लागि हामिले पहिलो पटक यस्तो खेलको आयोजना गर्न लागेका हौँ। कुनै पनि मानिसमा एकै किसिमको कला एकै व्यात्तिमा हुँदैन। फरक फरक कला सवै संग हुने हुँदा कालिकोटमा पहिलो पटक व्याटमिटन प्रतियोगिताको आयोजना गर्न लागेको बताउनु भयो। प्रतियोगिता सफल पार्न सवैको सहयोग र अपेक्षा गरेको बताउनु भयो।प्रतियोगितामा प्रर्थम हुनेलाई खसि पुरस्कार, दृतिय लाई ३ वटा अर्गानिक भाले, तृतियलाई २ अर्गानिक भाले र शान्तवना स्थान हासिल गर्ने खेलाडिलाई एक क्यारेक लोकल कुखुराको अण्डा पुरस्कार रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा पुरुष जोडि र महिला एकल खेल्ल पाउने छन।